पोखरा । पोखरा २२, अनदुकी विपना श्रेष्ठलाई दिउँसोको ४ बजेपछि डुंगा (कायाक) सयर गर्न हतार हुन्छ । हावाहुरी र पानी नपर्दै घर पुगौं भन्ने उनको हतारो शनिबार बाहेक सधैं दोहोरिन्छन् ।
लेकसाइडस्थित फेवा सेकेन्डरी बोर्डिङको कक्षा ८ मा पढ्ने उनी बिदा हुनेबित्तिकै बहना बोकेर निस्किन्छिन् । अनि कायाकको एउटा कुनामा झोला राखेर बहना खियाउन थाल्छिन् । वारीबाट पारी घरसम्म पुग्न उनलाई करिब आधा घण्टा लाग्छ । बिहान ३० मिनेट बेलुका उति नै समय । कक्षा ४ देखि सुरु भएको डुंगाको यात्रा अहिलेसम्म निरन्तर छ । फरक यति हो, पहिला ग्रुपमा सँगै डुंगामा आउजाउ गर्ने उनी अहिले ट्युसन पढ्नुपर्ने भएकोले एक्लै वारिपारि सयर गर्छिन् ।
उनको गाउँ अनदुमा कक्षा ५ सम्म मात्र पढाइ हुने भएकाले माथिल्लो तहको कक्षाका लागि सधैं फेवाताल वारपार गर्नुपर्ने बाध्यता छ । यो बाध्यता सबै गाउँलेकै हो । आँखै अघि देखिने मनोरम पोखरा बजार पुग्न महाभारत छ । किनकि पोखरा बजार झर्न डुंगा र कायाकबाहेक अर्को विकल्प छैन । कि त स्कुल पढ्न शान्ति स्तुपाको डाँडा उक्लेर छोरेपाटन झर्नुपर्छ । यसको लागि धेरै समय र खर्च लाग्छ ।
अहिले पनि छोरेपाटन झर्नुभन्दा लेकसाइड जानु बेस ठानेर विपनाजस्तै ६ जना विद्यार्थी जोखिम उठाएर दैनिक डुंगाकै यात्रा गर्छन् । पहिला डुंगामा यात्रा गर्ने उनी अचेल एक्लै कायाकमा आउजाउ गर्छिन् । अरु साथीहरुको सहारा भने डुंगा बनेको छ ।
ताल छेउमा हुर्केका उनीहरुको लागि सधैं तैरिएर स्कुल–घर गर्न कुनै समस्या छैन । मौसम सामान्य भए उति साह्रोगाह्रो नपरे पनि हावाहुरी चल्दा तथा पानी पर्दा समस्या ठूलै पर्छ । फागुन–चैत लागेपछि मनमा चिसो पस्ने विपना सुनाउँछिन् । ‘अरु महिना त सजिलो हुन्छ तर फागुन–चैतमा हावाहुरी चल्छ,’ उनले भनिन्, ‘कहिलेकाहीं बीचमा पुग्दा छाल आएर यता जाम् कि उता जाम् हुन्छ ।’ बीचमा पुग्दा हावाहुरी आएर बिचल्ली पर्दा पनि कहिले वारी फर्किएको कहिले ताल पार गरेको उनको स्मरण छ ।
विपनाजस्तै ६ जना विद्यार्थी जोखिम उठाएर दैनिक फेवाताल आउजाउ गर्न डुंगाकै सहारा लिन्छन्
ती विद्यार्थीमात्र हैन, तालपारीका सर्वसाधारण सबैको यातायातको साधन भनेकै डुंगा र कायाक हो । त्यहाँका सिम्ले, पात्ले, लामडाँडा र अनदुँ गाउँका बासिन्दाको जीवन नै डुंगामा अडेको छ । फेवातालले धेरैको जीवन बदलेको छ । तालसँग जोडिएको जमिनको मूल्य आकाशिएको छ तर तालपारिका मानिसको जीवन भने निकै कष्टपूर्ण छ । अनदु गाउँमा सवारीसाधन जाँदैनन् । स्वास्थ्य चौकी, अस्पताल, मेडिकल केही छैनन् । सामान्य पसल पनि छैनन् । सो गाउँमा छन् त–‘एक घर, एक डुंगा’ ।
दुखबिमार पर्दा, सरसामान किन्नुपर्दा र छोराछोरीलाई विद्यालय पुर्याउँदा उनीहरु डुंगाकै प्रयोग गर्दछन् । घर निर्माणका लागि ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट लगायत निर्माण सामग्री पारी लैजाने साधन पनि डुंगा नै हो ।
गण्डकी प्रदेश राजधानी पोखराको फेवाताल किनारमै बसेर जीवनयापन गरिरहेका गाउँलेको यसखालको कष्टपूर्ण जीवनयापनमा वडा कार्यालय बेखबर भने छैन । यसैक्रममा पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले वडावासीको समस्या समाधानप्रति वडा कार्यालयले गम्भीरताका साथ काम गरिरहेको बताए । ‘स्कुले विद्यार्थीका लागि मात्र नभएर सम्भावित दुर्घटना न्युनीकरणका शान्ति स्तुपातिरबाट ट्रयाक खोलिसकेका छौं,’ उनले भने, ‘विद्यार्थीका लागि के गर्ने भनेर स्थानीयसँग सल्लाह गरी अगाडि बढ्ने सोचमा छौं ।’
सो क्षेत्रमा मोटरबोट अवधारणा अघि सारे पनि सफल नभएको उनले सुनाए । ‘हामीले सिम्ले, पात्ले, लामडाँडा र अनदुवासीलाई मोटरबोट व्यवस्था गरियो भने ठिकै हुन्छ भनेर २/३ लाख लाग्ने खर्च हाल्ने पनि कुरा भएको हो,’ उनले सुनाए, ‘वातावरणसँगै जलचरका लागि समस्या हुने भएकाले स्वीकृत नपाउने भनेपछि पछि हटेका हौं ।’ डुंगा थप्नुका साथै सेफ्टी ज्याकेटमा ध्यान दिने वा अरु नै केही व्यवस्था गर्नेबारे स्थानीयको सल्लाहमा अघि बढ्ने उनले सुनाए । तालपारी जथाभावी बाटो खन्दा तालमा पहिरो खस्ने भएकोले बाटो पुर्याइहाल्ने अवस्थामा आफूहरु नरहेको बताए ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१