गोल्डेन नेचरमा चित्रकला प्रतियोगिता

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७८

पोखरा । पोखरा ३०, खुदीस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नो शैक्षिक क्यालेन्डरमा उल्लेख भए बमोजिम कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।
विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन साथै चित्रद्वारा भाव प्रकट र चित्रकलामा थप निखार ल्याउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा विराज सुनार प्रथम भए । एलेक्स पुन द्वितीय, दिवस पौडेल तृतीय र पुरव पहारी र श्रवण जंङ्ग सान्त्वना स्थानमा रहे । कार्यक्रम संयोजन विद्यालयका शिक्षक शान्ति सुवेदी र शिरीषा सापकोटाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width