कृषि र पशुमा पकेट सञ्चालन, किसान उत्साहित

आदर्श समाज सम्वाददाता
माघ २०, २०७८
waling ~main~

va/fdf t/sf/L v]tL DofUbL, @^ dªl;/ M DofUbLsf] a]gL gu/kflnsf–@ sf] va/fdf ul/Psf] t/sf/L v]tL . va/fsf s[ifsn] kl5Nnf] ;do h}ljs dn / ljiffbLsf] k|of]u u/]/ t/sf/L v]tL ug{ yfn]sf 5g . t:jL/ ;Gtf]if uf}td÷/f;;

वालिङ । वालिङ नगरपालिकाले कृषि र पशुका क्षेत्रमा पकेट घोषणा गरी व्यावसायिक उत्पादनतर्फ जोड दिएको छ ।
नगरका १४ वटा वडामा कृषि वा पशुपालनका क्षेत्रमा सम्भावित ठाउँ अध्ययन अवलोकन गरी पकेट क्षेत्र घोषणा गरी व्यावसायिकतामा जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
पशुपालन वा कृषिका क्षेत्रमा केही गर्छु भन्ने सोच भएका किसानलाई आवश्यक पर्ने यन्त्र उपकरणहरु सहयोग, व्यावसायिक उत्पादनमा जोड दिइने र उत्पादित बस्तुको बजारीकरणमा सहयोग पुग्नेखालका कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
‘अहिले पनि किसानले निर्वाहमुखीरुपमा कृषि तथा पशुपालन गर्दै आउनुभएको छ तर त्यसैलाई व्यवस्थित तरिकाले उत्पादन वृद्धिमा जोड दिनुका साथै बजारीकरणमा सहयोग गर्ने गरी अगाडि बढेका छौं,’ उनले भने, ‘कुनै ठाउँ कृषिका लागि उपयुक्त हुन सक्छ । कुनै पशुपालनका लागि उपयुक्त हुन्छ । त्यसैले कुन ठाउँमा कुन व्यवसायको सम्भावना बलियो हुन्छ, त्यस आधारमा विभिन्न पकेट क्षेत्र घोषणा गरेका हौं ।’
पकेट सञ्चालनका लागि कृषिमा नगरपालिकामार्फत बीउमा अनुदान, भण्डारण, विषादी तथा औजार, यान्त्रिक उपकरणहरु खरिदसँगै प्राविधिक सहयोग उपलब्ध गराइने उनले बताए । गत वर्ष ८ लाख दरले र यस वर्ष ४ लाखका दरले अनुदान उपलब्ध गराइएको छ ।

आलु र अन्य तरकारी खेती पकेट क्षेत्रका लागि कम्तिमा १४० रोपनी हुनुपर्ने

नगरपालिकाले नगरका विभिन्न १४ वटा वडाभित्रको माटो, हावापानी तथा स्थानीयको मागका आधारमा आलु पकेट, तरकारी पकेट, सिताके च्याउ पकेट, सुन्तला पकेट, बंगुर पकेट, भैंसीजोन, बाख्रा कृषक पाठशाला घोषणा गरी सञ्चालनमा ल्याएको छ ।
वडा ६,७ र ८ मा बंगुर पकेट क्षेत्र, नगरपालिकाका १४ वटै वडामा भैंसी जोन, वडा १ मा आलु पकेट क्षेत्र, ५ र ६ मा तरकारी पकेट क्षेत्र, १३ र १४ मा सिताके च्याउ पकेट क्षेत्र र १४ को करादी ठानामा सुन्तला पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ । बंगुर पकेट क्षेत्रमा नगरपालिकाले गत आर्थिक वर्षमा ७५ जना किसानलाई एकसय ३५ वटा बंगुरका पाठापाठी वितरण गरेको पशु शाखा प्रमुख डा. बसन्तकुमार अधिकारीले बताए । गत वर्ष वितरण गरिएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने उनले बताए । वडा ३, ७, ११ र १२ मा बाख्रा कृषक पाठशाला सञ्चालन भइरहेको छ । त्यस्तै बाख्रा विकास कार्यक्रम वडा ६, ७, ११, १२, १३ र १४ मा सञ्चालनमा रहेको उनले बताए ।
त्यस्तैगरी, आलु र अन्य तरकारी खेती पकेट क्षेत्रका लागि कम्तिमा १ सय ४० रोपनी क्षेत्रफल हुनुपर्ने वालिङ नगरपालिका कृषि शाखा प्रमुख सुभासचन्द्र अर्यालले बताए । प्रमुख अर्यालका अनुसार गत वर्षबाट त्रियासी र खहरेलाई समेटेर आलु पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ । नगरपालिकाले आलु पकेट क्षेत्र घोषणासँगै जनकदेव र एमएस आलुको बीउमा अनुदान, भण्डारण, विषादी, यान्त्रिकीकरणलगायतका क्षेत्रमा सहयोग गरेको छ । नगरपालिका सहयोगमा त्रियासी र खहरेमा सागरदेवी कृषक समूहमार्फत आलु पकेट सञ्चालन गरिएको हो । गत वर्ष ६० रोपनी क्षेत्रफलबाट शुरु भएको आलु पकेट क्षेत्र यसवर्ष बिस्तार गरी १ सय ४० रोपनी पुर्‍याइएको समूहका अध्यक्ष युवराज रेग्मीले जानकारी दिए । ‘गतवर्ष ६० रोपनी क्षेत्रफलमा आलु खेती गरेका थियौं,’ उनले भने, ‘यस वर्ष सामूहिक र व्यक्तिगत गरी क्षेत्रफल बिस्तार गरेर १ सय ४० रोपनी पु¥याएका छौं ।’
गत वर्ष जनकदेव र एमएस जातको २ सय बोरा आलुको बीउ उत्पादन गरेर समूहमार्फत बिक्री गरिएको उनले बताए । यस ठाउँलाई आलु पकेट क्षेत्ररुपमा घोषणा गरी कार्यक्रम अगाडि बढाएपछि यहाँका किसान उत्साहित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width