स्याङ्जा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरु नै आ–आफैं चुनावी प्रतिस्पर्धामा उत्रेपछि अलग्गिएर बस्न बाध्य भएको बताएका छन् ।
कांग्रेस स्याङ्जामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीको आन्तरिक निर्वाचनमा जीतहार जे भए पनि अबदेखि आपसी सद्भाव कायम राख्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
पार्टीको महाधिवेशन सकिए पनि ठूल्ठूला चुनौतीका पहाड खडा रहेको उल्लेख गर्दै उनले भने, ‘कांग्रेस कठिन चुनौतीको घडीमा छ । लोकतन्त्रको लडाई अझैं जारी छ ।’ नेपाली नागरिकलाई आशावादी बनाउने सन्देश र अन्र्तघातबाट कसरी मुक्त पाइन्छ भन्नेबारे उत्तर खोज्न नेता तथा कार्यकर्तालाई उनको आग्रह थियो ।
गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठका पिताको निधनमा समवेदना दिन बिहीबार भिरकोट आएका बेला नेता पौडेलले धेरै अघिदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउनेदेखि सुरु भएका अन्र्तघातका कारण अब खोजी हुन जरुरी रहेको पनि बताए । आफू अहिले जवाफ दिने ठाउँमा नरहेको र समग्र नेता तथा कार्यकर्ताले यसका जवाफ खोज्नु पर्ने समय आएको बताए ।
कार्यक्रममा कांग्रेस स्याङ्जा सभापति राजु थापा, सचिव दामोदर लम्साल लगायतले जिल्लामा कांग्रेसको सुदृढीकरणका लागि विशेष अभियानका साथ अघि बढेको बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१