गणेश नेवाः खलमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
पौष २०, २०७८
ganesh newa~

पोखरा । पोखरा ३० स्थित गणेश नेवाः खलको २४ औं साधारण सभा एवं १२ औं अधिवेशनले होमबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
यसैगरी, समिति उपाध्यक्षमा जयराम श्रेष्ठ, सचिव मंगलकाजी मानन्धर, कोषाध्यक्ष रमेश श्रेष्ठ, सदस्यमा कृष्णमान श्रेष्ठ, यामबहादुर श्रेष्ठ, रञ्जना प्रधान, पूर्णकुमारी श्रेष्ठ, इन्द्रकुमारी विजयपति र शीला श्रेष्ठ छन् । कार्यकाल २ वर्षको हुनेछ ।
विभिन्न जिल्लाबाट बसाइँ सरी आएका ४५ घरधुरी रहेका नेवार जाति मिली गणेश नेवाः खल गठन भएको हो । संस्थाले गगनगौंडामा करिब २ रोपनीमा दुईतले समाजघर, मिटिङ हलसमेत करिब ३ करोडको लागतमा आफ्नै भवन बनाएको छ ।
पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले कार्यक्रम उद्घाटन गर्दै नेवार जातिको कला, संस्कृति एवं भेषभूषाको आदिमकालदेखि ठूलो महत्व रहेको र नेपाली राजनीतिमा नेवारको उल्लेख्य भूमिका रहेको बताए ।
संस्थाका अध्यक्ष दीपकराम ढेवाजुको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष प्रेम लिगल, अर्घौ पौवा संरक्षण समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठ, कास्की नेवाः खल उपमहासचिव भैरवलाल श्रेष्ठ, कास्की मिसाः पुच अध्यक्ष मेनुका श्रेष्ठ, रुपा सहकारी अध्यक्ष राजु खत्री लगायतले शुभकामना मन्तव्य दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै