ज्येष्ठ नागरिक पोखरा १९ को अध्यक्षमा राधा

आदर्श समाज सम्वाददाता
पौष १९, २०७८
Jestha nagarik news

पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल पोखरा १९ को चौथो अधिवेशनले पद्माकुमारी गौतम (राधा) को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष माधवप्रसाद पौडेल, सचिव कृष्णप्रसाद पौडेल र कोषाध्यक्ष चित्रबहादुर केसी चयन भए ।
सदस्यहरु दुर्गा बस्नेत, मोहनप्रसाद पौडेल, प्रेमप्रसाद तिवारी, भीमप्रसाद रेग्मी, एकनाथ गौतम, कमलप्रसाद आचार्य, मुक्तिबहादुर विक, इन्द्रकुमारी पौडेल र तिलकुमारी कार्की छन् ।
अधिवेशन पोखरा– १९ का अध्यक्ष शोभामोहन पौडेलले उद्घाटन गरे । उनले ज्येष्ठ नागरिकलाई आफ्नै घरआँगन र समाजमा रमाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले राज्यका तर्फबाट दिइने सुविधा ज्येष्ठ नागरिकसम्म पुर्‍याउने पहल गर्नु जनप्रतिनिधिको दायित्व रहेको भन्दै कहीँकतै समस्या भए सूचित गर्न पनि आग्रह गरे ।
ज्येष्ठ नागरिक समाज सरोकार केन्द्र नेपालका अध्यक्ष भक्तराज श्रेष्ठले संस्थाले ज्येष्ठ नागरिकहरुलाई घर आँगनमै पुगेर सम्मान गर्ने गरेको बताए । विश्वहिन्दु महासंघ कास्कीमा अध्यक्ष पार्वता पौडेलले ज्येष्ठ नागरिकको हितको लागि हरेक क्षेत्रमा सरोकार समाजको आवश्यकता खड्केको उल्लेख गरिन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेश संयोजक इन्द्रकुमारी शर्माले देशको संविधान तथा कानुनमा उल्लेख भएअनुसार ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाले सेवा पाएका छन् कि छैनन् त्यसको निगरानी हुनुपर्ने बताइन् । कार्यक्रममा माधवप्रसाद पौडेल र मोहनप्रसाद पौडेलले कविता वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष सोमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पद्माकुमारी गौतमले स्वागत तथा सदस्य दुर्गा बस्नेतले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै