लमजुङ । मस्र्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
सो जीपमा मस्र्याङ्दी –९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए । सो दुर्घटनमा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा कपिलबस्तु बाडनिय गाउँपालिका– ८ घर भई साही विद्यालयका शिक्षक ३८ वर्षीय कमल राना थापा, मस्र्याङ्दी –९ का सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ छात्रा प्रर्मिसा गुरुङ, कक्षा ६ मा अध्ययनरत १२ वर्षीय गणेश भण्डारी छन् । उनीहरुको जीपमा च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित आठ घाइते भएका छन् । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बेंसीशहर नगरपालिका– ८ स्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ ।
घाइतेमध्ये चालक र १४ वर्षीय विद्यार्थीलाई भने अस्पतालले रिफर गरेर भरतपुर लैजाँदै गरेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । अन्य छ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइते आठ जनाकै पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउको, अनुहार, हातखुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । तीन जीपमा शिक्षक र विद्यार्थी शैक्षिक भ्रमणका हिडेका थिए ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१