लायन्स–१९ र २० को जोन बैठक

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७८
lions sir

पोखरा । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बि १ अन्तर्गत जोन–१९ र २० दोस्रो बैठक पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक कृष्णप्रसाद बास्तोलाले सामाजिक सेवा क्षेत्रमा लायन्सले खेलेको भूमिकाको प्रशंसा गरे । उनले आगामी दिनमा थप प्रभावकारी सेवाका कार्य गर्न पनि सुझाव दिए ।
कार्यक्रम सम्पूर्ण क्लबका अध्यक्षहरुले पछिल्लो ३ महिनामा भएका क्लबका कार्यक्रमको रिर्पोटिङ तथा आगामी ३ महिनाका लागि कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा रिजन २० का रिजन चियरपर्सन अमृत बरालको विशेष आतिथ्यता थियो ।
सो अवसरमा रिजन–१० अन्तर्गतका क्लब लायन्स पोखरा सेन्ट्रल स्टेट, लायन्स पोखरा गण्डकी स्टेट, लायन्स पोखरा सेन्ट्रल गार्डेन, लायन्स पोखरा गुडविल, लायन्स पोखरा, लायन्स पोखरा पिस टाउन, लायन्स पोखरा गण्डकी दोभानका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष लगायत २५ जनाको उपस्थिति थियो ।
जोन–१९ का जोन चियरपर्सन सरला तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जोन–२० का चियरपर्सन कृष्णप्रसाद तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width