पोखरा । मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको मुगुका प्रमुख जिल्लाअधिकारी रोमबहादुर महतले जानकारी दिएका छन्।
थप ४ जनाको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन्।
प्रजिअ महतका अनुसार घाइते १६ जनालाई उपचारका लागि नेपालगञ्ज र कोहलपुर पठाएको बताइएको छ। एक जना बालकको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
बाँकेको नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो।
तीन जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ।
प्रहरी चेकपोष्टमा टिपाएको विवरण अनुसार गाडीमा ४३ जना यात्रु सवार रहेको पाइएको छ। तर बाटोमा सवारी थपिएका कारण गाडीमा कति यात्रु थिए भन्ने यकिन भएको छैन।
Related News
सम्बन्धित समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१