वालिङ । वालिङ १०, मदिखोला नजिकै जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार दुर्घटनापछि वालिङस्थित गहाैं प्राथमिक अस्पताल लगिएकोमा उनीहरु दुवैलाई अस्पतालले मृत घोषणा गरेको हो ।
वालिङबाट गल्याङ नगरपालिका १०, लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जिप आइतबार साँझ कच्ची उकालो बाटोबाट झन्डै ५० मिटर तल खसेको थियो । उक्त जिपमा चालकसहित १९ जना यात्रुहरु थिए ।
दुर्घटना हुँदा जिपमा सवार गल्याङ १० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल बिक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली, २४ वर्षीया तिर्सना विक, ५५ वर्षीय रामबहादुर पल्ली, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली घाइते भएका छन् । यस्तै, सोही ठाउँका ५६ वर्षीया रीता गाहा, २ वर्षीय एञ्जल गाहा, २२ वर्षीया पूष्पा पल्ली, ५५ वर्षीया भीमकुमारी पल्ली, ३ वर्षीया यमना पल्ली, ५५ वर्षीया लीलाकुमारी पल्ली, वालिङ नगरपालिका १० बझाकोटकी २४ वर्षीया सपना थापा, २ वर्षीय नवीन थापा घाइते भएका हुन् ।
मध्यम घाइते भएका ६ जनालई थप उपचारका लागि पोखरा लगिएको छ भने सामान्य घाइतेको गह«ौं प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।
चालकको अवस्था सामान्य छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ । दसैंको बेला वालिङ बजारबाट गाउँतर्फ फर्केका एउटै वडाका धेरै बासिन्दाहरु परेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१