काभ्रेका ६ पालिकामा कोरोना संक्रमणदर शून्य

रासस
असाेज १३, २०७८
Corona Banner

काभ्रे, १३ असोज । यहाँका २ नगरपालिका र ४ गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् । अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको तथ्यांकले देखाएको छ ।

सङ्क्रमणमुक्त हुनेमा मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा चौँरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । भुम्लु र महाभारत गाउँपालिकामा एक/एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसीसिएमसी०ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २२ सङ्क्रमणमुक्त भएका हुन् ।

सोमबार ९ सङ्क्रमित थपिए भने २० सङ्क्रमणमुक्त भएका छन् । चौंरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका भने केही हप्तादेखि सङ्क्रमणमुक्त भएका हुन् । जिल्लामा हाल ७४ सक्रिय सङ्क्रमितमध्ये बनेपामा २६, पाँचखालमा ८, धुलिखेलमा २२, पनौती नगरपालिकामा ६ तथा बेथानचोक गाउँपालिकामा १० सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदर भन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ५ सय ७० मा सङ्क्रमण देखिएकामा १ सय ९२ को मृत्यु भएको छ । गत भदौ महिनायता नगन्यदरमा सङ्क्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ दशमलव १७ प्रतिशत अर्थात् १४ हजार ३ सय ४ सङ्क्रमणमुक्त भइसकेका छन् ।

सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले जिल्लामा पछिल्ला केही हप्तादेखि असोज ५ गतेसम्म ‘मिक्स लकडाउन’ गर्दै आएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै