पृथ्वी सहकारीको आठौं वार्षिक साधारणसभा सुरु

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७८
prithvi sahakari~

पोखरा । पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था, पोखरा पृथ्वीचोकको आठौं वार्षिक साधारण बिहीबारदेखि सुरु भएको छ ।
प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष ओमबहादुर कार्की र सल्लाहकार तेजेन्द्र तुलाचनले संयुक्त रुपमा साधारणसभा उद्घाटन गर्दै संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गरे ।
किरणप्रसाद बञ्जाराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सल्लाहकारद्वय तेजेन्द्र तुलाचन, गोविन्दकुमार श्रेष्ठ र संस्थापक अध्यक्ष ओमबहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव मेघबहादुर शाहीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णकुमार मुल्मीले गरेका थिए ।
कोभिड महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आगामी ९ दिनसम्म सभा सञ्चालन हुने संस्थाका प्रबन्धक मोहनप्रसाद अधिकारीले जानकारी दिए । संस्थाको सभाहलमा क्रमश उपस्थिति भई सहभागिता जनाउन सम्पूर्ण सेयर सदस्यलाई आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width