पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसिसी बोकेर हिड्नेहरु भस्म हुने चेतावनी दिएका छन् । एमसिसीसँग अमेरिकन साम्राज्यवाद छिर्ने उनको तर्क छ ।
‘एमसिसीको नाममा डलर बोकेर आउँदैछन् । योसँगै भित्रबाट अमेरिकन साम्राज्यवादका दाह्रानङ्ग्रा यहाँ घुस्दैछन् । यो कुरा राम्रोसँग बुझाउनुपर्छ,’ पोखरामा बुधबारदेखि सुरु अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘यो कुरा सत्तामा बस्ने पार्टीहरुले किन नबुझेको ? पार्टीहरुले किन नबुझेका ? रकमी भाषा किन प्रयोग गर्ने ? एमसिसी बोकेर हिंड्नु भनेको आगोको भुङ्ग्रो बोकेर हिंडेजस्तै हो । कसैले एमसिसी जबर्जस्ती लाद्छु भन्यो भने त्यसले ठूलो प्रतिरोधको सामना गर्नुपर्ने छ ।’
कुनै हालतमा एमसिसी लागु हुन नदिने विप्लवको चेतावनी छ । ‘नेपालको भाँडभैलोमा अमेरिकाले ठूलो फाइदा उठाउन चाहन्छ । देश र पार्टी कमजोर बनाएर लुट्ने साम्राज्यवादीहरुको नीति हो,’ उनी भन्छन्, ‘जनतालाई निराश बनाउने, फुटाउने र देशमाथि घोडा चढ्ने साम्राज्यवादीहरुको चरित्र हो । यसको प्रतिरोध जनताले गर्नेछन् ।’ डलरको लोभमा नफस्न उच्च पदस्थ कर्मचारी र नेताहरुलाई उनको आग्रह छ । ‘आज गण्डक सम्झौताले कस्तो असर गरेको छ ? कोशी सम्झौताले के गरेको छ ?,’ उनले थपे, ‘विदेशी सहयोग यस्तै हो । हामी देशभित्र एनसेलको बक्यौता उठाऔं । बेरुजु फिर्ता गराऔं । यसैमा हीत हुन्छ ।’
विप्लवले अहिलेको संसदीय व्यवस्था असफल भैसकेको भन्दै जनमत संग्रहमा आउन सरकारलाई चुनौती दिएका छन् । ‘यो व्यवस्था चलेन नि त । हामीले ७३ सालमै भनेको हो । त्यतिबेला कसैले सुनेन,’ उनले भने, ‘हामी देशको भविष्य बोकेर हिंडेका हौं । खुट्टा कमाउँदैनौं । केही साथीहरुले तपाईंहरु जित्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ । नेपालमा जनमत संग्रह सुनिश्चित गरौं, हामी जित्छौं । एक प्रतिशत पनि नघटाएर भन्छु, हामी जित्छौं ।’
आफूहरु सरकारसँग गरेको तीनबुँदे सहमतिमा इमानदार भए पनि सरकारले सम्झौता कार्यान्वयन नगरेको उनको गुनासो छ । ‘तीनबुँदेमा हामी सहमत छौं, लागु गर्छौं । त्यो हामीलाई स्वीकार छ । तर सरकारले सम्झौता लागु नगरेर अर्को शर्त थुपारिन्छ भने त्यो घेरा तोडिदिन्छौं । सरकारलाई हेक्का होस्,’ विप्लवले भने,’ ‘सहमति गर्ने लागु नगर्ने, वचन दिने पालना नगर्ने, सहकार्य गर्ने धोका दिने संसदीय व्यवस्थाको चरित्र हो भने हामीले बुझ्नुपर्छ । हामीले केपी ओलीसँग विश्वास गरेर सहमति गर्यौं । शेरबहादुर देउवाजीसँग पनि भेटेर कुरा ग¥यौं । सहमति कार्यान्वयन हुन्छ भन्नुभएको छ । तर भएको छैन ।’ सम्मेलनले नयाँ नेतृत्व छनोट गर्नुका साथै नयाँ शिक्षा प्रणालीको प्रस्ताव तयार गर्नेछ ।
नेकपा महाधिवेशन फागुनमा
नेकपाको महाधिवेशन आगमी फागुनमा हुने भएको छ । बन्दीपुरमा बसेको पार्टीको ११ औं केन्द्रीय कमिटी बैठकले जनयुद्ध दिवस अवसर पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो ।
असोज १ देखि सुरु प्रशिक्षण र बैठकले पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको जिल्ला सहइन्चार्ज नीरु थापाले जानकारी दिइन् ।
उनले भनिन्, ‘जनयुद्ध सुरु गरिएको फागुन भएको हुनाले सोही महिनामा महाधिवेशन गर्ने निर्णयसहित तयारी गरेका छौं । गते भने यकिन छैन,’ उनले भनिन्, ‘महाअधिवेशन गर्नुपूर्व कात्तिकसम्म जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्ने समेत पार्टीको बैठकले निर्णय गरेको छ ।’
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक बन्दीपुरमा बसेको बैठकले मंसिर ८ मा पार्टी स्थापना दिवसको अवसरमा पार्टी पुनर्गठन गर्ने समेत निर्णय गरेको छ । ७६ केन्द्रीय सदस्यको उपस्थिथिमा भएको बैठकले भ्रष्टाचारविरुद्ध भण्डाफोरको लागि सडकमा प्रदर्शन गर्ने, स्वास्थ्य सामग्री खरिदका समयमा बाहिर आएका अनिमितता घटनाप्रति पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१