बाढीले २ घर पुरिए

रासस
असाेज ६, २०७८

गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width