ठडिँदै गाउँका सिंहदरबार

सविन लामिछाने
असाेज ५, २०७८
bandipur (1)

दमौली । स्थानीय सरकारमा जनप्रतिनिधि आएको ४ वर्ष भयो । अधिकांश स्थानीय सरकारमा जनप्रतिनिधि आउँदा न कार्यालय थियो, न त कर्मचारी नै । केही स्थानीय सरकारबाहेक प्रायः सबै जनप्रतिनिधिहरूले भाडामा नै आफ्ना कार्यालय संचालन गरिरहेका थिए । तर, यो अवधिमा भने धेरै स्थानीय सरकारको आफ्नै भव्य भवन निर्माण सम्पन्न भइसकेको छ भने केही स्थानीय तहले धमाधम आफ्नो भवन निर्माण सुरु गरिरहेका छन् ।
लथालिंग अवस्थामा नै जिम्मेवारी लिएका स्थानीय तहका जनप्रतिनिधिहरूले यस अवधिमा विकास निर्माण र स्थानीयको पीरमर्कालाई त सम्बोधन गरेकै छन्, त्योभन्दा पनि आफ्ना कार्यालय भवनहरू पनि निर्माण गरेर स्थानीयलाई सहज र सजिलोसँग सेवा प्रवाह गरिरहेका छन् । गाउँका सिंहदरबारहरू यतिबेला निकै आकर्षक र चिटिक्कसँग निर्माण सम्पन्न भएका छन् । आफ्नो कार्यकालभित्र गाउँपालिका–नगरपालिकाको आफ्नै भवन निर्माण गरेर नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्ने लक्ष्यका साथ स्थानीय तहका प्रमुखहरूले भवन निर्माण कार्यलाई समेत प्राथामिकतामा राखेका छन् ।
धेरै स्थानीय तहलाई भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा दान गरेर भवन निर्माण प्रक्रियालाई अझै सहज बनाइदिएका छन् । यसैबीच स्थानीयवासीले दान दिएको जग्गामा निर्माण सम्पन्न भएको अ गरिएको छ । भवनको उद्घाटन गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले गरे । अर्थमन्त्री बरालले संघीयताको कार्यान्वयनसँगै सिंहदरवारका अधिकार गाउँमा आएकाले स्थानीय सरकारले जनताको भावना बमोजिम काम गर्नुपर्ने बताए । अर्थमन्त्री बरालले जनप्रतिनिधि जनताको सेवक भएको बताउँदै वडा कार्यालय भवन निर्माणपछि सहज रुपमा सेवा प्रवाह गर्न मद्दत पुग्ने धारणा व्यक्त गरे । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले स्थानीय तहका निर्वाचित भएको साढे ४ वर्षको अवधिमा जनताको चाहना र आवश्यकतालाई मध्यनजर गरी विकासका काम गरिएको बताए । पर्यटन, कृषि, पूर्वाधार निर्माण, शिक्षा लगायतलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजना सञ्चालन गरेको थापाले जानकारी दिए । उपाध्यक्ष करुणा गुरुङले सबै वडा कार्यालयका आफ्नै भवन बनाउने नीति लिइएको बताइन् । विसं २०७६ जेठ ११ गते शिलान्यास गरी शुभारम्भ गरिएको भवन हालै मात्र सम्पन्न भएको थियो । १ करोड लागतमा भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । उनले भने, ‘निर्वाचित भएर आएरपछि घर भाडामा लिएर महिनाको १० हजार भाडा तिर्दे सेवा दियौं । पछि कोरोना बेला साँघुरो हुँदा सेवा दिन असहज पनि भयो । तर, कुनै दिन जनताको सेवा रोकेनौ,’ उनले भने, ‘अब आफ्नै भवनबाट झन् सजिलो तरिकाले सेवा दिन्छौं ।’
वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समिति तनहुँले गाउँपालिकालाई ८० लाख निकासा गरेको थियो । त्यसमा थप रकम गाउँपालिकाले बेहोरेको थियो । कार्यक्रममा वडा कार्यालयको भवन निर्माणका लागि जग्गा दान गर्ने बन्दीपुर गाउँपालिका–१ का कृष्णराज अधिकारी, कास्की घान्द्रुकका कुलप्रसाद गुरुङ, बन्दीपुर गाउँपालिका–१ का सुनिल अधिकारी, पोखराका हेमबहादुर थापा, पूर्णकुमारी बराल, मोहनकुमारी कटुवाल र मानबहादुर थापालाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width