एकै दिन ५ हजार संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७८
Gandaki Hospital 1

पोखरा । नेपालमा गएको २४ घण्टामा झण्डै ५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय १७ पिसिआर परीक्षणमा मंगलबार थप ३ हजार १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, एन्टिजेन विधिद्वारा ५ हजार ९ सय ६ परीक्षणमा १ हजार ७ सय १० जनामा पोजिटिभ देखिएको छ । २४ घन्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १९ हजार १ सय २३ परीक्षणमा गरी कुल ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो संक्रमित संख्या दोस्रो लहरको न्युनतम बिन्दुमा फेला परेको संक्रमित संख्याभन्दा ३ गुणाले बढी हो भने जेठ २६ गतेयताकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २० हजार ६ सय ८० पुगेको छ ।

बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित थपिए । बागमतीमा ८ हजार ९ सय ४३ पिसिआर परीक्षणमा १ हजार ८ सय ८६ नयाँ संक्रमित थपिए । गण्डकीमा १ हजार २ सय ५३ परीक्षणमा ५ सय ५३ जना संक्रमित थपिए । तीमध्ये कास्कीका १ सय ९७ छन् । थप ४ सय ६५ जना निको भए । गण्डकीमा थप ८ जनाको मृत्यु भयो । प्रदेशमा अझै ५९ सय जना सक्रिय संक्रमित छन् ।

यस्तै, पछिल्लो समय देशभर २ हजार १ सय १५ जना संक्रमणमुक्त भए । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको छ ।

यसैबीच, काठमाडौं उपत्यकामा बिहीबार राति ८ बजेदेखि अत्यावश्यक बाहेकका गाडी सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौं उपत्यकाअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअको संयुक्त बैठकले कोरोना नियन्त्रणका लागि भदौ ८ सम्म निषेधाज्ञामा कडाइ गर्दै सो निर्णय गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै