३,१२५ सङ्क्रमित, १,९२५ सङ्क्रमणमुक्त

रासस
श्रावण १८, २०७८
Corona Banner

काठमाडौं । नेपालमा गएको २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गत २४ घण्टामा एक हजार ९२५ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म छ लाख ५८ हजार १२२ जना यो सङ्क्रमणबाट मुक्त भएका र निको हुने दर ९४।१ प्रतिशत रहेको छ ।
यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २३ जनाको निधन भएको छ ।

आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ८९८ जनाको ज्यान गएको छ । हाल सघन उपचार कक्ष ९आइसियु० मा ६९० जना र भेन्टिलेटरमा १७५ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width