पछिल्लो १ हप्तामा २८ सय ८९ जना संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७८
Gandaki-Map

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो १ हप्तामा थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या दिनानुदिन बढेको छ । १ हप्ताको बीचमा २ हजार ५ सय ३० जना निको भएका छन् भने २९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
आइतबारमात्र थप ४ सय ४७ जना संक्रमित भएका छन् । प्रदेशमा १ हजार १ सय २९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा ३९.५९ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । कास्कीमा १ सय ५ जना पुरुष तथा ९५ जना महिला गरी २ सयसहित म्याग्दीका २, पर्वतका ८, गोरखाका २६ र लमजुङका १९ जनामा पोजेटिभ देखिएको हो । यसैगरी तनहुँका १४, बागलुङका १ सय, स्याङ्जाका ६७ र नवलपुरका ११ जना संक्रमित भएका हुन् । मनाङ र मुस्ताङबाहेक प्रदेशका ९ जिल्लामा २ सय २७ पुरुष तथा २ सय २० जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार ३ सय ९५ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ सय ४४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६० हजार २ सय ६० पुगेको छ । नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६९ पिसिआर परीक्षणमा आइतबार थप १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार २ सय ६५ परीक्षणबाट ६ सय ९८ जनामा पोजिटिभ देखिएको छ । २४ घन्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ८ सय ३४ परीक्षणमा २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८० हजार ५ सय ५६ पुगेको छ । नेपालमा थप २ हजार ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ छ ।
प्रदेशमा कोरोनाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ । कास्कीमा २ सहित बागलुङ र गोरखा १/१ जनाको ज्यान गएको हो ।
कास्कीको पोखरा महानगरपालिका ११ की ६३ वर्षीया कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा ३० की ५० वर्षीया महिलाको मिलिटरी अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । बागलुङको जैमिनी गाउँपालिका ९ का ५२ वर्षीय पुरूषकोे धौलागिरी अस्पताल, बागलुङमा उपचारको क्रममा ज्यान गएको हो । गोरखाको पालुङटार नगरपालिका ३ का ७० वर्षीय कोरोना संक्रमित पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width