पोखरा । कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराले वडा प्रहरी कार्यालय बैदामलाई विपद् व्यवस्थापन उद्धार सामग्री सहयोग गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग गरिएको हो ।
बैंक सञ्चालक समिति सदस्य हरिप्रसाद पराजुलीले बैंकले वडा प्रहरी कार्यालय बैदामलाई विपद् व्यवस्थापनमा आवश्यक उद्धार सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले आगामी दिनमा नेपाल प्रहरी र कृषि विकास बैंकबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने भन्दै वडा प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको कार्यकाल अत्यन्तै सफल रहोस् भन्दै शुभकामना दिए ।
बैंकका गण्डकी प्रदेश कार्यालयका निर्देशक रघुनाथ न्यौपानेले विगतको कठिन समयमा कृषि विकास बैंक र नेपाल प्रहरीबीचको सम्बन्धबारे स्मरण गर्दै सहयोग सामग्री भरपूर उपयोग गर्दै जनताको जीउधन सुरक्षामा अहोरात्र खटिने प्रहरी कर्मचारीको प्रशंसा गरे । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक तामाङले छोटो सूचनाको आधारमा कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराले प्रहरी कर्मचारीहरुलाई अति आवश्यक प्राकृतिक प्रकोप उद्धार सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिइन् ।
कार्यक्रममा बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजाल, वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक श्यामबहादुर थापा, लालबहादुर थापा, बैंकको गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुख महेश पौडेललगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१