सम्पादक कोइराला मुख्यमन्त्रीका प्रेस संयोजक नियुक्त

आदर्श समाज सम्वाददाता
असार २०, २०७८
bharat koirala

पोखरा, २० असार । आदर्श समाज दैनिक र इआदर्श डटकमका सम्पादक भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले २ दशकअघि अन्नपूर्ण पोस्टदेखि पत्रकारिता सुरु गरेका थिए । सुरुआतमा काठमाडौंमै रहँदा डेस्कमा कार्यरत उनी २०६५ सालदेखि पोखरामा दी हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टको ब्युरो चिफ सम्हाल्न आइपुगेका थिए । त्यस्तै २०७२ सालदेखि समाधान दैनिकमा आबद्ध उनी त्यहाँ रहँदा कार्यकारी सम्पादकको भूमिकामा रहेकोमा गत वर्ष पुसदेखि आदर्श समाजमा सम्पादक हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर उनी संसदीय मामलाका जानकार मानिन्छन् । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष कोइरालाले भद्रकाली मावि, कुँडहरमा पत्रकारिता प्राध्यापनसमेत गर्छन् । स्याङ्जाको पुतलीबजार वडा १३ का स्थायी वासिन्दा कोइराला हाल पोखरा ११, फूलबारीमा बसोबास गर्दै आएका छन् ।

गत जेठ २९ मा काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा गण्डकीमा नयाँ सरकार आएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width