पोखरा । दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण नेपालले नै आयोजना ग¥यो । सन् १९८४ मा नेपालबाटै सुरु भएको प्रतियोगिता दोस्रो पटक १९९९ मा आठौं संस्करण आयोजना गर्दासमेत काठमाडौं उपत्यकाभन्दा बाहिर कुनै खेल हुन सकेनन् । तेस्रो पटक आयोजकको जिम्मा पाएको नेपालले १३ औं संस्करणमा उपत्यका बाहिर पोखरा र जनकपुरमा समेत खेल भए । २०१९ डिसेम्बर १ देखि १० सम्म चलेको प्रतियोगिताअन्तर्गत नेपालले पहिलो पटक ५१ स्वर्णसहित २ सय ७ पदक जित्दै एतिहास रच्न सफल भयो ।
खेल भएको ३ महिनाभित्रै आयव्यय सार्वजनिक गर्ने घोषणा गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले १ वर्षपछि मात्र वाचा पूरा गरे । १ वर्षपछि गत मंसिरमा सिलवालले हिसाब सार्वजनिक गर्दै साग आयोजनामा १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार खर्च भएको जानकारी दिए । जसअन्तर्गत निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार खर्च भएको विवरणमा उल्लेख छ । यस्तै विजेता खेलाडी, प्रशिक्षक र सहभागी संघलाई नेपाल सरकारतर्फबाट २२ करोड ७६ लाख पुरस्कार रकम दिएको राखेपले जानकारी दिएको थियो ।
पोखरामा सम्पन्न ८ खेल आयोजना गर्न विभिन्न खेल संघले भौतिक पूर्वाधार निर्माण, मर्मत तथा खेलसामग्री खरिद गर्दाको रकम तिर्न बाँकी भएको भन्दै चौतर्फी चर्चा चलेको थियो । केही समयअघि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएका थिए । पोखरामा सागका लागि ७ करोड ६२ लाख ९८ हजार २ सय खर्च भएको बताइएको थियो । खेलकुद मन्त्रीले सम्पूर्ण खर्च विवरण माग गर्दा समितिका पदाधिकारीको भने टाउको दुखाइको विषय बनेको थियो । जसमध्ये कास्की जिल्ला क्रिकेट संघ, व्याडमिन्टन संघ लगायत संघ र केही समिति थिए ।
राखेपले विभिन्न ६ शीर्षकमा गरी ८२ लाख पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाएको हो ।
राखेपले साग हिसाब सार्वजनिक गरेको ६ महिनापछि (प्रतियोगिता सम्पन्नको १८ महिनापछि) मात्र पोखरामा रकम निकासा भएको छ । विभिन्न ६ शीर्षकमा गरी ८२ लाख पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको खातामा पठाएको छ । परिषद्ले पत्राचार गर्दै वैशाख १० मा अर्थ मन्त्रालय सिर्जित दायित्व भुक्तानी माग गरेबमोजिम ८२ लाख रूपैयाँ निकासा गरिएको उल्लेख छ ।
‘सागमा भुक्तानी दिनुपर्ने विभिन्न शीर्षकका रकम परिषद्ले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाइसकेको छ,’ क्षेत्रीय खेलकुद विकास समितिका लेखापाल डिबी नेपालीले भने, ‘सबैलाई बाँडिसकियो, रंगशाला परिसर मर्मतको बिल नमिलेको कारण भुक्तानी भएको छैन ।’
परिषद्ले महिला क्रिकेट भेन्यु निर्माण तथा खेल मैदानका लागि ४५ लाख, पोखरा ह्यान्डबल एकेडेमी निर्माणका लागि ३ लाख, बिच भलिबल भेन्यु निर्माणका लागि खर्च भएको ७ लाख बजेट निकासा गरिएको नेपालीले जानकारी दिए । उनका अनुसार भलिबल प्यारापिट निर्माणमा १४ लाख, वैकल्पिक फुटबल खेलमैदान निर्माणमा ५ लाख र पोखरा रंगशाला परिसर मर्मतमा ८ लाख गरी एकमुष्ठ ८२ लाख रुपैयाँ आएको हो ।
परिषद्बाट आएको रकम अझै अपुग रहेको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । ‘योभन्दा अघि पनि चरण चरणमा पैसा आएकै हो । अब १ करोड ८५ लाख चाहिन्छ भनेको थियौं,’ उनले भने, ‘अहिले ८२ लाखमात्र पठाएको छ, अझै आउँछ ।’
क्षेत्रीय खेलकुद विकास समितिका लेखापाल नेपाली पनि अझै धेरै ठाउँमा तिर्न बाँकी रहेको बताउँछन् । व्याटमिन्टनका लागि लगभग ८० लाख, क्रिकेटको केही रकमसहित कर्मचारीको दैनिक भत्ता ७ लाख जति अझै तिर्न बाँकी रहेको उनले सुनाए । उनले भने,‘ढिलै भए पनि ८२ लाख आयो । तिरियो । अरु छिट्टै आउला ।’
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१