स्याङ्जा । पुतलीबजार नगरपालिका १ लगनतुम निवासी जिम्वाल बुवा अर्थात शालिकराम लम्सालको १३ दिनको पुण्यतिथिमा बुधबार शोकसभा गरिएको छ । नेपाली कांग्रेस वडा कार्यालयको आयोजनमा आयोजित शोकसभामा नेपाली कांग्रेसका महासमिति सदस्य एवं संविधानसभा सदस्य राजु थापाले नेपाली कांग्रेसको संगठन बिस्तारमा जिम्वाल बुवाले पुर्याएको योगदानको चर्चा गरे । लम्सालको प्रेरणा र मार्गदर्शन आगामी दिनका लागि प्रेरणादायी बन्ने उनले बताए ।
शोकसभामा महासमिति सदस्य हीरादेवी शर्मा, कांग्रेस नेता चन्द्रमणि पौडेल, स्व. लम्सालका छोरा भोलानाथलगायतले कुशल अभिभावक गुमाउनु परेको भन्दै दुख व्यक्त गरे ।
नेपाली कांग्रेस वडा नं. १ का सभापति उत्तमप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन वडा सदस्य विष्णुप्रसाद श्रेष्ठले गरेका थिए ।
लम्सालकोे ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । उनका ३ श्रीमती, ७ छोरा र बुहारी, ३ छोरी र ज्वाइँहरु र दर्जनौं नातिनातिना छन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१