पोखरा । म्याग्दीको बेनी नगरपालिका ४ सिंगाका १ जना युवक क्याम्पस पढ्थे । क्याम्पस जाँदा नै कोरोना संक्रमण भएका उनी आइसोलेसनमा बस्नुपथ्र्यो । तर उनी पसलमा सामान बेच्दै बसे । जो सामान किन्न गए उनीहरुलाई कारोना पनि बाँड्दै गए । सामान किन्ने र तिनका परिवारमा कोरोना पस्यो ।
गाउँका ५१ घरमा अहिले कोरोना पोजेटिभ देखिएको छ, हरेक परिवारको १ जनाको मात्रै पिसिआर जाँचिएको थियो ।
सोही गाउँकी ८६ वर्षीया कमलकुमारी भट्टचन नजिकको सोही पसलमा चिनी किन्न पुगिन् । उनलाई पनि कोरोनाले समातिहाल्यो । बेलुकादेखि नै उनलाई अप्ठेरो हुन थाल्यो अनि ज्वरो आयो, खान मन नलाग्ने । यही लक्षण देखियो परिवारका अन्य सदस्यलाई पनि तर सामान्यजस्तो लाग्यो ।
कमलकुमारीको स्वास्थ्य समस्या सुरुमा हावापानी परिवर्तको कारण हो भन्ने ठानियो । उनी सिकिस्त भइन् । परिवारका सदस्यले हार गुहार गरे । बेनीका प्रकाशले एम्बुलेन्स बन्दोबस्ती गरेर सघाए ।
उनीहरु उपचारका लागि पोखरा हानिए । नातिनी एलिजाले भनिन्,‘एम्बुलेन्समा हामी पोखरा आयौं, फुपूलाई संक्रामक तथा सरुवा रोग अस्पताल शिशुवा र हजुरआमालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सीमा राखियो ।’ ‘आइसोलेसनमा राख्न त पिसिआर रिपोर्ट पोजेटिभ आउनुपर्ने रहेछ, हामीले निजी ल्याबबाट पिसिआर जाँच गरायौं, बिहानको रिपोर्ट बेलुका आयो । सरकारीमा गरेको भए ३ दिन लाग्ने रहेछ, ३ हजार तिरेपछि निजीबाट सोही दिन रिपोर्ट आयो,’ उनले भनिन् ।
कमलकुमारीको रिपोर्ट पोजेटिभ आयो । उनलाई आइसोलेसनमा सारियो । आइसोलेसनमा भर्ना भएकी उनमा पखाला र दिसासँगै रगत बग्ने समस्या थपियो । भोलिपल्ट कमलकुमारी पनि संक्रामक तथा सरुवा रोग अस्पताल शिशुवाको आइसियुमा भर्ना भइन् । एलिजाले भनिन्, ‘गण्डकी अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पताल दुईतिर बिरामी हुँदा अप्ठेरो भइरहेको थियो, एकैतिर सारेपछि सहज भयो ।’
‘हजुरआमालाई अस्पताल जाने बेलासम्म कोरोना के हो भन्ने नै थाहा थिएन, त्यसैले होला, उहाँमा आत्मविश्वास गुमेको थिएन,’ नातिनी एलिजाले भनिन् । बिरामीको आत्मविश्वास, डाक्टरको उपचार तथा सल्लाह र निगरानीबाट कोरोना जित्न सकिने एलिजाको भनाइ छ ।
अस्पतालमा पु¥याउँदा अर्धचेत र शरीरबाट रगत बगिरहेको अवस्था थियो । सुरुमा त बेड उपलब्ध गराउन नसकिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सीमा राखेर उपचार थालिएको संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक विकास गौचनले बताए ।
१६/१७ दिनसम्म कोरोनासँग कमलकुमारीले पौंठेजोरी खेलिन् । उनलाई डाक्टरहरुले साथ दिए । औषधी इन्जेक्सनबाट दिने गरिन्थ्यो । अन्तत उनले कोरोनालाई परास्त गर्न सफल भइन् ।
‘संक्रामक अस्पतालको सेवा राम्रो रहेछ, राम्रोसँग सेवा पाइयो, त्यसैमाथि संक्रामक रोग अस्पतालका डा. विकास गौचन नातेदार पनि हुनुहुँदो रहेछ,त्यहीं गएपछि थाहा भयो,’ एलिजाले भनिन् । डा. गौचन भेटेपछि बिरामी कमलकुमारी र कुरुवा एलिजाको आत्मविश्वास झन् बढेको थियो ।
उनले अस्पतालमा रहँदाको कुरा स्मरण गर्दै भनिन्,‘सोही अवधिमा भर्ना भएका कोरोना बिरामी सलमान खान दाइ बित्नुभयो, मनमा एकखालको सोच घरिघरि आइरहन्थ्यो तर मन दरो पारेर बस्थेँ । मानसिक रुपमा कमजोरजस्तो पनि भइरहेको थियो, अनि फेरि सोच्थेँ म कमजोर बने कसले हेर्छ बिरामी ?’
‘खाना खानु भएको छ, शारीरिक कमजोरीभन्दाबाहेक केही समस्या छैन, सबै निको भयो,’ बिरामी कुरुवा भट्टचनले भनिन् । अब पनि केही समय होम आइसोलेसनमै रहन र पौष्टिक र लोकल खाना खुवाउन डाक्टरहरुले सुझाएका छन् । उनीहरु कोरोनामुक्त भएर गाउँ फर्किसकेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१