लमजुङ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले आज वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो ।
गाउँपालिकाका अनुसार घलेगाउँमा पाँच, भुजुङ र सिंदीमा १८/१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो । पर्यटकीय गाउँ र रातिको समयमा यहाँका विभिन्न गाउँमा आउने पर्यटकदेखि स्थानीयलाई असहज भएकाले सहजताको लागि सोलार बत्ती वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय गाउँ भुजुङ, घलेगाउँ र सिंदीलाई सोलार वत्ती वितरण गर्ने निर्णय गरिएको हो ।”
सोलार बत्ती जडान भएपछि बत्ती गएको सयमामा पनि पाहुनाको स्वागत सत्कारसँगै सार्वजनिक कार्यहरु सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, राति हुने विभिन्न घटनामा सोलार बत्तीले स्थानीयलाई धेरै सहज पुग्ने बताइएको छ । ती सोलारहरु ती गाउँका मुख्य बाटो, सार्वजनिक स्थल पार्टी पौवामा सोलार बत्ती जडान गरिने भएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको रु ५० लाखबाट सोलार बत्ती खरीद गरी वितरण गरेको गाउँपालिकाले जनाएको छ । सोलार बत्ती जडानपश्चात् रातिको समेमा बिजुली नहुँदा समेत धेरै सहज तथा सुरक्षा महशुस हुने भन्दै ती गाउँका स्थानीयवासीहरु उत्साहित एवं हर्षित भएका छन् । घरवास पर्यटनका लागि प्रसिद्ध घलेगाउँ, भुजुङमा धेरै पर्यटक आउने गर्दछन् । रासस
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१