पोखरा रंगशालामा छानो

धनबहादुर गुरुङ
जेठ ३, २०७८
Stadium2

पोखरा । गत वैशाख १५ गतेदेखि जिल्ला प्रशासन कास्कीले निषेधाज्ञाको घोषणा ग¥यो । निषेधाज्ञासँगै धेरै क्षेत्र प्रभावित बन्यो । तर प्रशासनले जारी गरेको आदेशमा सूचनामा सार्वजनिक निर्माण कार्यमा कार्यरत श्रमिकहरुलाई निर्माणस्थलमा खाना र बासको व्यवस्थासहित स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउने आदेश थियो ।

सरकारको आदेशलाई पूर्ण पालना गर्दै देशकै गौरवको आयोजना, पोखरा रंगशालाको काम भइरहेको छ । भौतिक रुपमा ८५ प्रतिशत निर्माण कार्य सकिएको निर्माण कम्पनीले दाबी गरे पनि भिआइपी प्यारापिटतर्फ छानो हाल्ने कार्य बिहीबारबाट सुरु भएको हो । सिमित श्रमिकहरुको उपस्थितिमा काम भइरहेको प्रोजेक्ट म्यानेजर दीपक बरालले बताए । यतिबेला पोखरा रंगशालामा मजदुरको अभाव जस्तै देखिन्छ भने करिब २० जना मजदुरहरु छानो हाल्ने काममा खटिएका छन् । भारतको ग्रेट स्पोर्टस र ललितपुरको एमए कन्सट्रक्सनको जोइन्ट भेन्चर कम्पनीले २०७५ फागुनबाट निर्माणको काम थालेको हो ।

रंगशाला भित्र रहेका एक दर्जन शौचालयसँगै चेन्जिङ रुमतर्फको काम भने कछुवाको गतिमा छ

पोखरा रंगशाला निर्माणको काम एक वर्ष अघि नै सक्नु पर्ने थियो । निर्माणको गतिलाई तीव्रता दिने प्रयास गरे पनि लकडाउन र विविध कारणले समयमा नसकिएको प्रोजेक्ट म्यानेजर बरालले बताए । ‘डिजाइन एन्ड बिल्ड’को अवधारणामा सुरु भएको काममा अनुभव पनि कमी भएको बरालको भनाइ छ ।

रंगशाला भित्र रहेका एक दर्जन शौचालय सँगै चेन्जिङ रुमतर्फको काम भने कछुवाको गतिमा छ । पोखरा फुटबल रंगशालामा दर्शक क्षमता २० हजार पुर्‍याउने राखेपले जनाए पनि त्यो काम अघि बढ्न सकेको छैन । अहिले दर्शक क्षमता १६ हजार ५ सय छ । राखेपले २० हजार पुर्‍याउने भने पनि काम अघि बढ्न नसकेको बरालको भनाइ छ । पोखरा रंगशलाको पूर्वतर्फ बिल्डिङसहित २ हजार २ सय र उत्तर दक्षिणतर्फ गरी १ हजार ३ सय सिट थप्न सकिने उनले बताए ।

राखेप सदस्य राजेशकुमार गुरुङ भने पोखरा फुटबल स्टेडियमको काम समयमा सकिने कुरामा ढुक्क छन् । कोभिड लगायत अन्य कारणले निर्माणको काम केही ढिलाइ देखिएको भए पनि राखेप यसलाई छिटो सक्ने कुरामा दृढ रहेको गुरुङको भनाइ छ । उनले रंगशालाको सिट थप्ने कुरामा समेत योजना छिट्टै बन्ने बताए ।

२०७४ को पुसमा नयाँ अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माण गर्ने भन्दै पोखरा रंगशालाको पुराना संरचना भत्काइएको थियो । पुरानो रंगशाला भत्काएको १४ महिना पछि मात्र शिलान्यास गरेर काम अगाडि बढाएको थियो । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुदका लागि निमार्ण गरिएको फुटबल रंगशाला मर्मत सम्भारको अभावमा जीर्ण अवस्थामा थियो । २०७२ को भूकम्पले भिआइपी प्यारापिट चर्काएपछि झनै जीर्ण भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width