पोखरा । नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकार धरापमा परेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार सहमति भएसँगै सुदूरपश्चिममा नेकपा एमाले नेतृत्वको सरकार बन्ने निश्चितजस्तै भएको छ। नेपालको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ ।
प्रदेश सभामा नेकपा एमालेसँग २५ जना सदस्य छन्। प्रदेशमा माधव पक्षको बहुमत छ। ५२ सदस्यीय प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १२ जना, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा० का दुई जना सांसद छन्।
माओवादी केन्द्रका १३ जना सांसद रहेकोमा आर्थिक मामिला तथा योजना मन्त्रीबाट झपट बोहराले राजीनामा दिएर नेकपा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई सांसद पदबाट हटाइसकेको छ।
१२ जना सांसद रहेको नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट नेतृत्वको सरकार रहेको सुदूरपश्चिममा नेपाल पक्षका प्रकाश शाह, कृष्णराज सुवेदी र माया भट्ट मन्त्री छन्। शाह आन्तरिक मामिला तथा कानुन मन्त्री, सुवेदी सामाजिक विकास मन्त्री र भट्ट उद्योग वन तथा वातावरण मन्त्री छन्।
एमालेलाई जसपाका २ जना सांसदले समर्थन गर्नेवित्तिकै एमालेको सरकार बन्ने सम्भावना छ। जसपाका दुई सांसद महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर हुन्। ठाकुर र महतो पक्ष केन्द्रमा एमालेसँगै भएकाले सरकार बनाउन एमालेलाई प्रदेशमा सहज छ।
सर्वोच्च अदालतको फैसलापछि नेकपाको अस्तित्व समाप्त भएसँगै माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किएका थिए। नेपाल समूह र माओवादी केन्द्र एक ठाउँमा भएपछि सुदूरपश्चिममा भट्ट नेतृत्वको सरकार जोगिएको थियो। एमालेमा प्रधानमन्त्री ओली पक्षले बहुमत जुटाउन कोसिस गरे पनि अन्तिममा असफल भएको थियो।
भट्टले ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पुस १४ मा बर्खास्त गरेका थिए। पछि माओवादी केन्द्रका सांसद झपट बोहराले २२ पुसमा आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएका थिए।
प्रदेश सभामा ओली पक्षका सांसदको संख्या ६ र नेपाल पक्षका सांसदको संख्या १८ छ। सभामुख अर्जुनबहादुर थापा पनि नेपाल पक्षका हुन्।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१