स्याङ्जा । कोरोना भाइरस संक्रमण तीब्र देखिएका स्याङ्जाका गाउँ गाउँ सिल गर्न थालिएको छ । संक्रमण कम गर्ने उद्देश्यले पालिकाले आआफ्ना गाउँका निश्चित क्षेत्र तोकेर सिल गरेका हुन् ।
पुतलीबजार र आँधीखोला गाउँपालिकाले बढी संक्रमित देखिएका गाउँ बुधबारदेखि लागु हुनेगरी सिल गरेको छ ।
पुतलीबजार नगरपालिकाको वडा नं. ६ स्थित हलेदे गाउँ १० दिनका लागि सिल गरिएको छ । सो गाउँका २७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार साँझबाट लागु हुनेगरी १० दिनका लागि सिल गरिएको नगरप्रमुख सीमा क्षेत्रीले जानकारी दिइन् ।
गाउँका ३४ जनाको पिसिआर परीक्षण गर्दा २७ जनामा पोजेटिभ नतिजा देखिएको हो । अब कुनै पनि व्यक्ति हलेदे गाउँमा भित्रिन र सो गाउँका व्यक्ति बाहिर निस्कन पाउने छैनन् । सुरक्षा मापदण्ड अपनाई आफ्नै घर घरमा सुरक्षितरुपमा होम आइसोलसनमा बस्न सुझाव दिइएको स्वास्थ्य प्रमुख विष्णु काफलेले बताए ।
पुतलीबजारमा कोभिड संक्रमितको संख्या ६९ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा ५ जना, होम आइसोलेसनमा ६१ जना र नगरपालिकाद्वारा निर्मित आइसोलेसनमा १ जनाको उपचार भइरहेको प्रमुख क्षेत्रीले जानकारी दिइन् ।
आँधीखोलाको रंगेठाटी एकसाता सिल
आँधीखोला गाउँपालिका वडा नं. ५ स्थित रंगेठाटी बजार आसपासमा पनि एक साताका लागि सिल भएको छ । रंगेठाटी बजार आसपासबासी मध्ये १६ जनामा गरिएको पिसिआर परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएपछि बुधबारदेखि लागु हुनेगरी सिल गरिएको पालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले जानकारी दिए ।
जेठ ४ गतेसम्म लागु हुनेगरी रंगेठाटी बजारको पूर्वमा हराभरा कृषि सहकारी संस्था भवन, पश्चिममा बास्कोट खोलाको पक्की पुल, उत्तरमा नौडाडा— कार्कीनेटा सडकको ५० मिटर माथिसम्म र दक्षिणमा आँधीखोला किनारसम्मको चार किल्ला तोकी पूर्णरुपमा बन्देज गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
Related News
सम्बन्धित समाचार
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
मस्र्याङ्दी जलासयमा मोटरबोट
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१