हेमजा । अन्नपूर्ण गाउँपालिकाले पछिल्लो पटक कोरोना भाइरस रोकथामका लागि प्रयास तीब्र पारेको छ । यहि वैशाख २४ गते गरिएको ५० जनाको पिसिआर परीक्षणबाट २४ जनाको नतिजा पोजेटिभ आएपछि कोरोना रोकथामको प्रयासलाई बढी सशक्त बनाइएको हो ।
जसअनुसार बुधबार अन्नपूर्ण ५ स्थित झोवाङ गाउँका २१ संक्रमितको घर पुगी उनीहरुलाई आत्मबल बढाउन हैसला दिइएको छ । त्यस्तै भिटामिन बी, सी र डी तथा माक्स पनि वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।
त्यस्तै सो गाउँमा कन्ट्रयाक टेसिङ पनि गरिएको छ । जसका आधारमा बिहीबार नयाँपुलमा स्वाब संकलन गरिँदै छ ।
यतिबेला गाउँपालिकाभर ३५ सक्रिय सक्रमित छन् । जसअनुसार वडा नं.५ मा सबैभन्दा बढी २१ जना, त्यस्तै १ मा ४ जना, २ मा ६ जना, ३ मा ३ जना र ४ मा १ जना छन् । उनीहरु सबैको होम आइसोलेसनमा उपचार भइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले जानकारी दिए ।
यसैबीच गाउँपालिकाले कोरोना प्रभाव समुदाय स्तरमै फैलन लागेको भन्दै त्यसको रोकथामका लागि बिहीबारदेखि गाउँपालिका र मातहातका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकमा अन्य सम्पूर्ण सेवाहरु बन्द गरेको जनाएको छ ।
जसमार्फत संक्रमण नबढ्ने गाउँपालिकाको विश्वास छ । स्वास्थ्य र अत्यावश्यक सेवालाई भने उच्च महत्व दिइने भनिएको छ । त्यस्तै गाउँपालिकाले एक हप्ताको अन्तरालमा पालिका र नयाँपुल क्षेत्रलाई लक्षित गर्दै पिसिआर परीक्षणको व्यवस्था पनि मिलाएको छ । जुन पहिले १० दिनको अन्तरालमा हुँदै आएको थियो ।
त्यस्तै पालिकाले हालै ५ शड्ढयाको कोभिड अस्पताल पनि स्थापना गरेको छ । जहाँ २४ सै घन्टा स्वास्थ्य उपचारको प्रबन्ध मिलाइएको छ । त्यस्तै अक्सिजन लगायतका थप साधनस्रोत जुटाउन पनि पहल भइरहेको छ ।
त्यसैगरी विभिन्न सूचना प्रकाशन गर्ने, वडास्तरमा सम्पर्क व्यक्ति खटाउने, घान्द्रुक, नयाँपुल र ढिकुरपोखरीलाई आधार मानी उपचारका लागि एम्बुलेन्सको व्यवस्था गर्ने काम पनि गाउँपालिकाले गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१