पोखरा । गण्डकी प्रदेश सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रश्तावमाथी सोमबार संसदमा मतदान हुँदै छ । त्यसका लागि कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तयार गरिसकेकाे छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित प्रदेशसभाका ६ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सांसदहरुले मतदान गर्नका लागि कसरी व्यवस्थापन गर्ने भन्ने छलफल समेत भइसकेकाे छ ।
सत्तारुढ नेकपा एमालेले पिसिआर परीक्षणको माग गर्दै विशेष अधिवेसनको बैठक रोकिएपछि पिसिआर गरेर बैठक सन्चालन गरिएको थियो । सांसदमा कोरोना संक्रमण देखिएपनि बैठक सन्चालन गर्ने र उनीहरुले समेत मतदान गर्न पाउने सहमति भैसकेको छ ।
सोमबारको बैठकमा संक्रमित सांसदहरु बैठक स्थलमा उपस्थित हुन पाउँदैनन् । मतदान भने गर्न पाउँछन् ।
सचिवालयका अनुसार संक्रमितहरुलाई छुट्टै काेठामा राख्ने तयारी छ । उनीहरुले बैठक चलिरहेका बेला उक्त काेठामा जान पाउने छैनन् ।
उनीहरुले मतदान समेत सोही ठाउँमा गर्न मिल्ने गरी व्यवस्थापन हुँदै छ ।
मतदानको दिन नजिकिँदै गर्दा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ कसरी अगाडि बढ्ने भन्ने अन्तिम तयारीमा जुटेका छन् ।
संक्रमित भएर होम आइसोलेसनमा बसिरहेका उनले कानुनी र राजनीतिक जानकारहरुसँग परामर्श लिइरहेका छन् ।
केहीले संसद फेस गर्न सुझाएका छन् भने कसैले राजीनामा दिएर अधिवेशन अन्त्य गरिदिन सुझाव दिएका छन् ।
ठ्याक्कै के गर्ने भन्ने टुंगो लागेको छैन । श्रोतका अनुसार मुख्यमन्त्री राजीनामा दिने सुरमा देखिन्छन् । राजीनामा दिए भने अविश्वास प्रश्ताव स्वतः खारेज हुन्छ र नयाँ सरकार गठनको बाटो खुल्छ ।
संविधानको धारा १६८ मा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । एउटै दलको बहुमत नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरिनेछ ।
यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ र विश्वासको मत लिन नसके सबैभन्दा बढी सदस्य रहेको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गगर्ने छ ।
उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । उनले पनि विश्वासको मत लिन नसके मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी ६ महिनाभित्र चुनावको मिति घोषणा गर्नेछन् ।
अहिले मुख्यमन्त्रीले राजीनामा दिए पृथ्वीसुब्बा गुरुङले नै बहुमत पु¥याएर मुख्यमन्त्री दावी गर्न सक्नेछन् । अरु दलले पनि बहुमत पु¥याएर मुख्यमन्त्रीमा दावा गर्न पाउने छन् । जे होस्, अविश्वास प्रश्तावको च्याप्टर तत्कालका लागि बन्द हुने छ
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१