काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना सङ्क्रमणका कारण आज निधन भएको छ ।
यही वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहेका पत्रकार दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज उहाँको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्तिमार्फत ४० वर्षको अल्पायुमै कोरोनाका कारण उहाँको निधन भएको खबरले स्तब्ध र दुःखी भएको उल्लेख गर्नुभएको छ । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रूपमा काम गर्नुभएको थियो । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक/प्रकाशकका रूपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
महासङ्घले स्वर्गीय पत्रकार दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । शोकको यस घडीमा महासङ्घ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।
कोरोनाकै कारण हालसम्म आठ पत्रकारको निधन भएको जानकारी दिँदै महासङ्घले हालसम्म ६५० पत्रकार सङ्क्रमित भएको तथ्याङ्क दिएको छ । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको छ । कोरोना सङ्क्रमण चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासङ्घले सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ । रासस
–––
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१