प्रदेश प्रमुखलाई विपक्षीको जवाफः कार्यकर्ताभन्दा तल्लोस्तरको अभिव्यक्ति

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७८
krishna chandra nepali

कृष्णचन्द्र नेपाली

पोखरा । नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभामुख र संसदीय कार्यसूचीमाथि गलत अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसले भत्र्सना गरेको छ ।

दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले उनको अभिव्यक्ति कार्यकर्ता भन्दा तल्लो तहको भएको बताए ।

‘प्रदेश प्रमुख जस्तो पदमा आएको व्यक्तिले कार्यकर्ता भन्दा पनि तल्लो स्तरमा गएर बोल्नुभयो,’ उनले भने, ‘संविधानको धज्जी उडाएर क्षेत्राधिकार भन्दा बाहिर गएर जुन अभिव्यक्ति आएको छ । त्यसको घोर भत्र्सना गर्छु ।’ नेकपा माओवादी केन्द्रका सांसद दीपक कोइरालाले पनि मर्यादामा बस्न चेतावनी दिए ।

‘सबैले आ–आफ्नो मर्यादामा बस्न जान्नुपर्छ । सभामुख पद तपाईंले जस्तै गरि बक्सिसमा प्राप्त गरेको पद होइन,’ उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘आफ्नो पदको गरिमा कायम राख्नु होला । तपाईं सेरेमोनियल पदमा आसिन हुनुहुन्छ ।’

जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश प्रमुखले अभिभावकको मर्यादा घटाएको तर्क गरे । ‘तपाईंलाई सम्पूर्ण प्रदेशबासीले आफ्नो अभिभावक मान्ने गर्छन्,’ उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘कति हतार २४ घण्टापनि आफ्नो मर्यादामा बस्न नसक्नेलाई हामी कसरी अभिभावक मानौं ?’

प्रदेश प्रमुख पौडेलले बुधबार पदभार ग्रहण गर्दै सभामुख नेत्रनाथ अधिकारीमाथि गैर संवैधानिक आरोप लगाएकी थिइन् । उनले संसदमा छलफलकै क्रममा रहेको अविश्वास प्रश्ताव मरिसकेको बताएकी छन् ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width