पुतलीबजार नगरपालिकाद्वारा नगरबासीमा ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
putalibazar111

स्याङ्जा । पुतलीबजार नगरपालिकामा २ सय १२ जना कोरोना संक्रमित छन् । कोभिड १९ तीव्ररुपमा फैलिरहेको छ । यसैबीच नगरपालिकाले नगरबासीलाई सजग, सचेत भई स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित हुन आग्रह गरेको छ ।

कोभिड १९ को संक्रमण रोकथाम गर्न नगरपालिकाले रचात्मक तथा सन्देशमूलक काम गर्दे अघि बढेको जनाएको छ । नगरपालिकाले संक्रमण रोक्न माक्स, सेनिटाइजरलगायत स्वास्थ्यका सामग्री वितरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।

नगरप्रमुख सीमाकुमारी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट बच्न मास्कको उचित प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न वा साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न नगरबासीसँग आग्रह गरेकी छन् । विज्ञप्तिमा भीडभाडमा नजान एवं भीडभाड हुने कार्यक्रम नगर्न पनि आग्रह गरिएको छ । विवाह, व्रतबन्ध लगायत सांस्कृतिक कार्यक्रम नगर्न र गर्नैपर्ने अवस्थामा १५ जनाभन्दा कमको उपस्थितिमा भौतिक दूरी कायम गरी गर्न विज्ञप्तिमा भनिएको छ ।

निजी तथा सामुदायिक विद्यालयलाई भर्चुअल तथा अन्य वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ । विज्ञप्तिमा सम्पूर्ण सरकारी तथा निजी कार्यालयहरु, बंैक तथा वित्तीय संस्थाले दैनिक कार्य सम्पादन गर्दा कम भन्दा कम कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गर्नुपर्ने छ । टोल विकास संस्थाले आफ्नो टोलमा भारतलगायत उच्च संक्रमित क्षेत्रबाट आएका व्यक्तिलाई अनिवार्य रुपमा १० दिन होमक्वारन्टाइनमा बस्न लगाउन अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै