गल्कोटका मेयरलाई कोरोना

राजेशचन्द्र राजभण्डारी
वैशाख १६, २०७८
mayor corona

बागलुङ । बागलुङको गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गैरेमा फरक किसिमको खोकी तथा कोरोनासँग मिल्दा सामान्य लक्षण देखिएको कारण सोमबार पिसिआर जाँचका लागि स्वाब दिएका थिए ।

उनको रिपोर्ट पोजेटिभ आएको धौलागिरि अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए । उनलाई धौलागिरि अस्पताल बागलुङमा ल्याइएको छ ।

नगर प्रमुख गैरेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र पछि केही जटिल समस्या देखिन सक्ने भन्दै उपचारका लागि धौलागिरि अस्पताल आउन लागेको बताए ।

गैरेले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिए पनि आधिकारिक रुपमासार्वजनिक गरेको छैन । जनप्रतिनिधि गैरेलाई कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका धेरै व्यक्तिहरु कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् ।

मेयर संक्रमित भएपछि गल्कोट नगरपालिकामा जोखिम बढेको देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width