पोखरा : राष्ट्रिय जनमोर्चा गण्डकी अध्यक्ष शंकर बरालले सांसद खीमविक्रम शाहीको बिरामी प्रकरणमा षड्यन्त्रको गन्ध आएको प्रतिक्रिया दिएका छन् ।
यस्तो महामारीका बेला बिरामी पर्न सक्ने भए पनि अस्पताल प्रशासन र जिल्ला प्रशासनको रबैया देख्दा पक्कै षड्यन्त्र भएको प्रतिक्रिया दिए ।
आफ्ना सांसद बिरामी परेको थाहा पाएपछि चरक पुगेका उनलाई अस्पताल प्रशासनले कुनै हालतमा भेट्न नदिने बताएपछि अध्यक्ष बरालले आक्रोशसमेत व्यक्त गरे । उनले भने, ‘मापदण्ड अनुसार हेर्छु भन्दा पनि दिएनन्, सिरियस हुनुहुन्छ, हाइफ्लोको अक्सिजन दिएको छ, जतिबेला जे पनि हुनसक्छ भनेर डाक्टरले भेट्न दिएनन् ।’
बाहिरबाट हेरेर बिरामी परेको उहाँ होकि होइन भनेर चिन्न मात्र खोज्दा समेत अनुमति नदिएको उनले बताए । सिडिओ थानेश्वर गौतमले समेत आफूमाथि त्यस्तै व्यवहार गरेको भन्दै उनले असन्तुष्टि जनाए ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१