पोखरा । गोल्डेन बचत तथा ऋण सहकारी संस्था, सिर्जनाचोकले पोखराको बिरौटामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
सेवा केन्द्रको शनिबार आयोजित समारोहमा गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार उदयबहादुर पराजुलीले उद्घाटन गरे । उनले सहकारीको महत्वबारे प्रकाश पार्दै नेपालमा जुन प्रदेशमा सहकारी धेरै छन्, त्यस प्रदेशमा गरिबी तथा भोकमरी कम भएको बताए । उनले नेपालमा हाल करिब ३० हजार सहकारी सञ्चालनमा रहेको उल्लेख गर्दै सहकारीले शेयरधनीको मन जित्न सक्नुपर्ने बताए ।
पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले सेवामूलक र उत्पादनमूलक काममा सहकारीले ध्यान दिनुपर्ने सुझाव दिए । उनले शेयर पुँजी वृद्धि गर्दै धेरैभन्दा धेरै शेयर सदस्य आबद्ध गरी नमुना सहकारी बनोस् भनी शुभकामना दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बराल, नेपाल बचत तथा ऋण सहकारी संस्थाका क्षेत्रीय कार्यालय अधिकृत सूर्यप्रसाद तिमिल्सिना, कास्की बचत संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।.
सहकारी अध्यक्ष बालकृष्ण बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव कृष्णप्रसाद पोखरेलले गरेका थिए । सात सिद्धान्त वाचन सहकारी सदस्य राजेशकुमार घिमिरेले गरेका थिए ।
गत चैत १९ मा सिर्जनाचोकस्थित मोडल बचत तथा ऋण सहकारी संस्था मर्ज गरिएपछि पहिलो पटक गोल्डेनले बिरौटाको हरिॐ कम्प्लेक्समा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
२०६६ सालदेखि सञ्चालितमा गोल्डेन सहकारीमा मर्जपश्चात शेयर सदस्य संख्या १ हजार ८ सय ३१ पुगेको छ । तीमध्ये १ हजार ९१ महिला छन् ।
सहकारीको शेयर पुँजी ९ करोड १७ लाख, बचत ३७ करोड र लगानी ३५ करोड ५० लाख रुपैयाँ रहेको सहकारी प्रबन्धक दीपक पन्तले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१