पोखरा, १० वैशाख । पश्चिमाञ्चल होटल संघ पोखराले जाउँ है पोखरा अभियान अन्तर्गत यसपटकको नयाँ बर्षमा पाहुनाबाट क्यूआर कोड मार्फत् होटलको विल भुक्तानी प्राप्त गरेका १० उत्कृष्ट होटलहरुलाई शुक्रबार पुरस्कृत गरेको छ ।
क्युआर कोड मार्फत् होटलको विल भुक्तानी गर्ने पाहुनालाई संघ अन्तर्गतका होटलले यसपटक गत चैत ३१ र यही बैशाख १ गते ४० प्रतिशत छुट प्रदान गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । नगद छोडौं फोन पे गरौं भन्ने नाराका साथ संघ र फोन पे प्रालिले आपसी सहकार्य गर्दै डिजिटल भुक्तानी प्रणालीलाई प्रबद्र्धन गरेको अध्यक्ष तुलाचनले सुनाए । यसका लागि संघले यो नयाँ बर्ष जाउँ है पोखरा भन्ने नारा दिएको थियो ।
कार्यक्रम अन्तर्गत प्रथम हुने एक होटललाई ५० हजार रुपैयाँ, द्वितीय हुने २ होटललाई २० हजार रुपैयाँ र तृतीय हुने सात होटललाई पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । जस अन्तर्गत टिका रिसोट प्रालि प्रथम, द कुटी रिसोर्ट र होटल डेण्डेलिन द्वितीय तथा चौतारी बुटिक होटल, होटल लेक सोर, होटल भिलेज इन, होटल क्राउन हिमालयज, फिस्टेल लज, टेम्पल ट्री रिसोर्ट र होटल बाराहीलाई एक कार्यक्रमका विच पुरस्कारवापतको चेक हस्तान्तरण गरिएको थियो ।
फोन पे प्रा.लि. सँग आवद्ध ५५ बैंक तथा वित्तीय संस्थाको संजाललाई उपयोग गरी होटलको विल क्यु आर कोड मार्फत् भएको कारोबार संख्याको आधारमा ती होटल पुरस्कृत भएका हुन् ।
सो अवसरमा बोल्दै तुलाचनले सुसुप्त अवस्थामा रहेको पर्यटनलाई पुनःजागरण गराउन छुट तथा सहुलियत प्रदान गरी आन्तरिक पर्यटकहरुको आकर्षण वृद्धि गर्ने, नेपाल राष्ट्र बैंकको नगद रहित कारोवारलाई प्रवद्र्धन गरी प्रविधि तर्फ उन्मुख गराउने, बढ्दो कोभिड संक्रमणलाई न्यूनिकरण गर्न र होटल संचालन कार्यविधिमा निर्दिस्ट रहेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप नगद भुक्तानी कार्यलाई निरुत्साहित गर्ने अभियानको मुख्य उद्धेश्य रहेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै टिका रिसोर्ट प्रालिकी संचालिका संगीता पौडेलले पुरस्कार प्राप्त हुँदा गौरवको महसुस भएको भन्दै केही रुपमा भने पनि पर्यटन अगाडि बढिरहेको छ है भन्ने सन्देश पोखरा आएर पाहुनाले क्युआर कोड मार्फत् गरेको भुक्तानीले दिएको बताइन् । सो अवसरमा संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
अध्यक्ष तुलाचनले सरकारद्वारा गत आश्विन १५ गतेबाट होटल तथा पर्यटन क्षेत्र संचालन गर्ने अनुमति प्रदान गरेता पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पुन ः कोभिडको दोस्रो लहर सुरु भएको कारणले थप आक्रान्त बन्न गई पर्यटन आगमन नगण्य रहेको बताए । यस विषम परिस्थितिमा पर्यटन तथा होटल क्षेत्र थप मर्माहत भई रहेको स्थितिमा पर्यटन तथा होटल व्यवसायलाई पुनर्जिवन दिलाउन दिगो पर्यटन विकासको लागि आन्तरिक पर्यटन मात्र विकल्प रहेको हालको परिस्थितिमा संघले नेपालका पुर्वी, पश्चिम र दक्षिण क्षेत्रका प्रमुख शहरहरुमा जाउँ है पोखरा पर्यटन प्रवद्र्धन अभियान सम्पन्न गरिसकेको जानकारी पनि उनले सो अवसरमा गराए ।
यसै गरी यस पश्चिमाञ्चल होटल संघ पोखराले विगतका वर्षहरु झै नेपाली नयाँ वर्षको अवसरमा “फेवा नव वर्ष महोत्सव” आयोजना गर्दै आइरहेको स्थितिमा कोभिड १९ को महामारीका कारण गत वर्ष र यस वर्ष गरी २ वर्ष महोत्सव आयोजना गर्न असमर्थ रहेको स्मरण पनि गराएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१