लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजनबहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँमा यति धेरै विकास होला । जन्मे, हुर्के र खेलेको ठाउँ चटक्क छोडेर उनी निस्के लाहुरे हुने हुटहुटीले । २० वर्षपछि फर्किंदा गाउँको माटोले उनको पदचाप त चिन्यो । तर, गाउँका यौवनाले चिनेनन् । ‘यही माटोमा हुर्के खेलेको हो, लाहुरे भयो । अहिले गाउँमा आउँदा त कसैले पनि चिन्दैनन्,’ उनले भने, ‘यो ठाउँमा यति धेरै विकास होला भनेर त मैले सोचेकै पनि थिइनँ ।’
लमजुङको क्हाेंलासोंथर गाउँपालिका ६ क्होम्रे डाँडामा बिजुली बत्ती र बाटो पुगेपछि गाउँलेहरु दंग छन् । भूपू सैनिक समिति क्होंलासोंथर पसगाउँ र स्थानीय सरकारको पहलमा बिजुली र बाटो पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन् ।
भूपू सैनिकको अग्रसरतामा पसगाउँमा मोटरबाटो र बिजुली पुगेको छ
क्होम्रे डाँडामा वनभोज स्थल बनाएर पर्यटकीय गतिविधि बढाउने योजनासहित बिजुली र मोटर बाटो पु¥याइएको भूपू सैनिक समिति क्हाेंलासोंथर गाउँपालिका ६ पसगाउँका कोषाध्यक्ष खड्गबहादुर गुरुङ बताउँछन् । ‘हाम्रो पुख्र्यौली थलोमा आज बिजुली आएको छ, यहाँ वनभोजस्थल बनाएर पर्यटकीय गतिविधि बढाउने, पर्यटक भिœयाएर आर्थिक आम्दानी गर्न सक्छौं,’ उनले भने ।
क्होंलासोंथर गाउँपालिका ६ का अध्यक्ष मनलाल गुरुङले बिजुली ल्याएपछि वनभोज स्थल बनाउन अन्य पूर्वाधार पनि खाँचो रहेको बताए । ‘अरु पूर्वाधार पनि बनाउनपर्छ । पानी र शौचालयको पनि व्यवस्था गर्न सक्यो भने धेरै पर्यटकलाई लोभ्याउन सकिन्छ,’ उनले भने, ‘तत्कालै ल्याउनपर्ने देखिएको छ । सबैले सोचेका पनि छौं । त्यसका लागि पनि पहल गर्छौं ।’
कार्यक्रमममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले पुख्र्यौली थलोलाई पर्यटकीय स्थल बनाउने पहलको तारिफ गरे । ‘हामी आज पुख्र्यौली थलोमा यसरी जम्मा हुन पाएका छौं । बिजुली आइसकेको छ । अरु पनि पूर्वाधार ल्याएर हाम्रो यो ठाउँलाई पर्यटकीय गतिविधि बनाउन सक्यौं भने गाउँको विकासमा ठूलो टेवा पुग्ने छ,’ उनले भने ।
भूपू सैनिकको अग्रसरतामा भएको पहललाई प्रदेश सरकारले पनि सकारात्मक रुपमा लिएको उनले सुनाए । सो ठाउँको विकासको लागि बजेट निकासा गर्न प्रदेश सरकारसँग पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
क्हाेंलासाेंथर गाउँपालिका ६ का पर्यटन व्यवस्थापन समिति अध्यक्ष बलराम गुरुङले अझै पनि रोजगारीका लागि आफूहरु विदेश पुग्नु परेको भन्दै गुनासो पोखे । संस्कृतिको धनी पस गाउँमा पर्यटकीय गतिविधि बढाउँदै लैजानुपर्ने उनको भनाइ छ । ‘आज बिजुली र पानी आएको छ, अर्काे साल अरु पनि पूर्वाधार थपिन्छ, झन् राम्रो हुन्छ । हामीले गर्न सके पैसै पैसा छ,’ उनले भने ।
यसअघि भेडीगोठको रुपमा प्रयोग हुँदै आएको क्होम्रे डाँडाबाट उत्तरतर्फ अन्नपूर्ण, गणेश हिमालको पानारोमा भ्यू देख्न सकिन्छ । कार्यक्रममा ज्येष्ठ नागरिक भूपु सैनिकलाई समेत सम्मान गरिएको थियो । भूपू सैनिकको ३ लाख रुपैयाँ लागतमा बिजुली क्होम्रे डाँडासम्म पु¥याइएको हो ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१