पाेखरा । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद गुमेको छ। थापा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।
गृहमन्त्री थापा एमालेमा लागेपछि माओवादीले उनलाई कारबाही गरेको थियो। माओवादीले चैत २७ गते थापाले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो।
सो पत्रपछि राष्ट्रिय सभा अध्यक्षले थापाको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्। संसद सचिवालयले आज थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ। थापा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका थिए।
पदमुक्त भएका रामबहादुर थापालाई सरकारले पुनस् गृहमन्त्रीमा नियुक्त गरेको छ।
संविधानको धारा ७८ ९२० अनुसार उनलाई ६ महिनाका लागि गृहमन्त्रीमा नियुक्त गरिएको हो। संविधानको उक्त उपधारामा यसरी मन्त्रीमा नियुक्त व्यक्ति ६ महिनाभित्र सांसद भइसक्नुपर्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार थापालाई आजै बेलुकी ५ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ।
गृहमन्त्री थापा एमालेमा लागेपछि माओवादीले उनलाई कारबाही गरेको थियो। माओवादीले चैत २७ गते थापाले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो।
पार्टीको कारबाहीसँगै गृहमन्त्री रहेका थापाको राष्ट्रियसभा सदस्य पद गुमेको थियो। राष्ट्रियसभा सदस्य नरहँदा उनको गृहमन्त्री पद पनि गुमेको थियो।
सो पत्रपछि राष्ट्रिय सभा अध्यक्षले थापाको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्। संसद सचिवालयले आज थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ। थापा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका थिए।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१