पाेखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कारबाही गरेका कर्णालीका तीनै जना सांसद मन्त्री बनेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएपछि नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
‘मुख्यमन्त्रीज्यूले विश्वासको मत लिईसकेपछि मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारीमा उल्लेख छ।
नन्दसिं बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा नियुक्त भएका छन्। यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।
नवनियुक्त तीनै जना मन्त्रीहरूलाई एमाले कर्णाली प्रदेशले पार्टीको सदस्यसमेत नरहने गरी शनिबार मात्रै कारबाही गरेको थियो। यसअघि शुक्रबार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए।
एमालेको ह्विपविपरीत मुख्यमन्त्री शाहीको पक्षमा उनीहरूले विश्वासको मत दिएपछि शाही सरकारले निरन्तरता पाएको हो।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१