पोखरा । युनाइटेड क्लबको ११ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन शुक्रबार कालिका माविमा लागुऔषध सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवले वार्षिकोत्सव वैशाख ७ लाइ लक्षित गरी १ गतेदेखी साताब्यापी कार्यक्रमलाई जारी राखेको छ ।
जस अन्तर्गत शुक्रबार तेश्रो दिन कालिका मावि राम बजारमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी लागुऔषध सचेतना कार्यक्रम गरिएको हो । सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर १० का कार्यवहाक अध्यक्ष सम्मर बहादुर श्रेष्ठले विद्यार्थीहरु सिकाइको माध्यामबाट अगाडि वढ्ने उमेर भएकाले खराव चिज सिक्ने र खराब ब्याक्तिको संगत गर्न नहुने वताए ।
सचेतना कार्यक्रममा सिकेको कुरालाई मनन गर्दै आफनो घरपरिवारमा समेत लागुऔषधको बारेमा छरछिमेकमा विद्यार्थीहरुले जानकारी दिन सके यसको न्युनिकरणमा उल्लेख्य भुमिका खेल्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै कालिका माविका प्रध्यानाध्यापक वलराम गिरीले विद्यार्थीहरुले सचेतना कार्यक्रममा सिकेको कुरालाई ब्यवहारमा उतार्दै खराब काममा लाग्नुभन्दापनि आफ्नो पढाइतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक होत बहादुर रोकाले विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसनीको कारण, यसको असर र रोकथामको वारेमा जानकारी दिएका थिए ।
युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रम संयोजक क्लवका सदस्य पूर्ण श्रेष्ठले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रमको सञ्चालन क्लवका महासविच शान्त बहादुर थापाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
मस्र्याङ्दी जलासयमा मोटरबोट
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१