पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा राजनीतिक अस्थिरता नहोस् भनेर सम्भावना खोज्नकै लागि संसद अधिवेशन अन्त्य गरेको बताएका छन् ।
बिहीबार गण्डकी प्रदेश सभामा विपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले भने, ‘राजनीति गर्ने र लोकतन्त्रप्रति विस्वास गर्ने मैले अविश्वासको प्रस्तावबाट भाग्न होइन सम्भावना खोज्नकै लागि अधिवेशन अन्त्यको सिफारिस गरेको हुँ ।’
प्रदेशमा देखिएको अस्थिरता अन्त्यका लागि केन्द्रका नेताहरुसँग छलफल गर्न आफू भोलि काठमाडौं जान लागेको भन्दै पार्टीको केन्द्र तहबाट समेत यसबारेमा चासो देखाउनुपर्ने भनाइ राखे ।
केन्द्रको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस गर्न नसकेको अवस्थामा राम्रो काम गर्दै आएको प्रदेश सरकारविरुद्ध यस्तो प्रस्ताव आउनु दुखदायी रहेको उनको भनाइ थियो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले केन्द्रबाट विज्ञप्ति जारी गरेपछि त्यसको तरंग प्रदेशमा आएको हो ।
कम्युनिस्ट नेतृत्वको स्थिर सरकारका विरुद्ध राजमो जानुपर्ने अवस्था किन आयो भनेर आफूले प्रश्न गरेको उनले बताए । सरकार छाडेर र समर्थन पनि फिर्ता लिएको माओवादीप्रति उनले अलि बढी आक्रोश व्यक्त गरे । ‘कांग्रेस त प्रमुख प्रतिपक्षी पार्टी हो, विरोध गर्नु उसको धर्म नै हो, माओवादीले मुख्यमन्त्री पाउने त होइन, मन्त्री हामीले नै दिएका थियौं, आखिर यो सरकार गिराउनुपर्ने अवस्थामा माओवादी किन आयो ?’ उनले प्रश्न गरे ।
काठमाडौमा रिसाएको बिरालो पोखरा आएर रुखको बोक्रा चिथोरेजस्तो भएको उनको प्रतिक्रिया थियो । केन्द्रमा केपी ओलीसँग उठेर रिस प्रदेशमा आएर पोख्दा प्रदेशको विकासक्रम प्रभावित भएको उनले बताए । ‘मलाई ओली गुटको भनेर आरोप लाग्छ, पार्टीमा लागेको मान्छे, कोही कसैको पछि त लाग्नु पर्ने नै भयो, मैले अरु प्रदेश भन्दा राम्रो काम गरेकै छु, किन ओलीको समर्थक भनेर हटाउनु प¥र्यो ?’
आफू पदबाट हट्नु र अर्को सरकार बन्दा आफूलाई त्यति असर नपरे पनि संघीय शासन प्रणालीलाई यसले ठूलो असर पार्ने उनको प्रतिक्रिया थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१