कृष्णचन्द्र नेपाली
पोखरा । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री पक्का भएको छ । प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिने निर्णय भएपछि गुरुङ सरकार ढल्ने पक्का भएको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको सहभागितामा सरकार बन्ने र कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने सहमति भएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।
पूर्वी नवपरासीको क्षेत्र नम्बर १ (क) बाट नेपाली निर्वाचित भएका हुन् । तनहुँमा जन्मेका उनी गैंडाकोट बस्दै आएका छन् ।
जनमोर्चाले यी ३ दललाई सघाउने भए पनि सरकारमा भने सहभागी हुनेछैन । उता स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अब बन्ने सरकारलाई समर्थन गर्ने बताएका छन् ।
हाल मुख्यमन्त्रीसहित ७ मन्त्रालय रहेकामा कांग्रेस र माओवादीले ३÷३ मन्त्रालय लिने र जसपालाई १ मन्त्रालय दिने प्रारम्भिक सहमति जुटेको छ ।
बिहीबार बिहान ४ दलको बैठक बस्ने र मिलेसम्म अविश्वासको प्रस्ताव पनि भोलि नै दर्ता गर्ने तयारीमा दलहरु छन् ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१