पोखरा : पाक्षिक पत्रिकाका रुपमा सुरु भएको आदर्श समाजको निरन्तरको यात्रा २६ औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा म आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका तर्फबाट पाठक, बिक्रेता, विज्ञापनदाता, विज्ञापन एजेन्सी, यस कम्पनीका सम्पूर्ण कर्मचारी, शुभेच्छुक संघसंस्था एवं सम्पूर्ण महानुभावलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । आदर्श समाजले २५ वर्ष अगाडि यात्रा थाल्दा मुलुक सशस्त्र द्वन्द्वमा थियो । तत्कालीन अवस्थामा पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र पोखरामा व्यावसायिक पत्रकारिताका लागि आँट गर्नु नै चुनौतीपूर्ण थियो । प्रयास गरेमात्रै सफलता चुम्न सकिन्छ भन्ने मान्यता बोकेर विभिन्न आरोह अवरोध खेप्दै हामी निरन्तर अगाडि बढिरह्यौं । २०५३ वैशाख १ मा यस पत्रिकाको पहिलो अंक प्रकाशित भएको थियो । त्यसको १ वर्षपछि साप्ताहिक र २०५४ माघ १९ श्रीपञ्चमीका दिनबाट दैनिक रुपमा आदर्श समाज प्रकाशन हुँदै आएको छ ।
चरम सशस्त्र द्वन्द्वमात्र होइन विभिन्न खाले राजनीतिक परिवर्तको साक्षी बनेको छ आदर्श समाज । पोखरामा व्यावसायिक पत्रकारिताको जग बसाल्दै गर्दा यहाँको समाजलाई सुसूचित गर्न हामीले सक्दो प्रयास गर्याै । भुर्इंमान्छेहरुका आवाज बोल्नेदेखि समाजमा व्याप्त विकृति र विसंगतिका विरुद्ध पनि खबरदारी गरिरह्यौं । २०५७ साउन ७ मा वेब मेसिनबाट प्रकाशन सुरु गर्दा आदर्श समाज राजधानी काठमाडौं बाहिरको १ मात्र ब्रोडसिट पत्रिका थियो । यही उत्साहलाई कायम राख्दै २०५८ माघ १७ बाट हामीले नवलपरासीको गैंडाकोटबाट तराई संस्करणको प्रकाशन थाल्यौं । राजनीतिक अस्थिरताका कारण उकासिन नसकेको आर्थिक अवस्थासँग जुध्दै हामी यहाँसम्म आइपुगेका छौं ।
जस्तासुकै चुनौती आइपरे पनि समाचार, विश्लेषणका साथमा सूचना प्रवाहमा हामी अविचलित र अविराम यात्रामा छौं । पत्रिका स्थापनाकालमै गरेको निश्पक्षताको प्रतिबद्धतामा कति पनि कमी आउन दिएका छैनौं । संविधानसभाबाट संविधान निर्माण भई कार्यान्वयनमा जाँदा ३ वटै तहका निर्वाचन भए । अरु क्षेत्रसँगै पत्रकारिता पनि स्वभाविक रुपमा फस्टाउने आशा थियो । राजनीतिक संक्रमणको अन्त्य भई आर्थिक विकास र समृद्धिको पथमा लम्कँदै गर्दा फेरि अन्यौल सिर्जना भएको छ । एकातिर अनुदार राज्यपक्ष त अर्कोतिर अस्थिर आर्थिक अवस्थासँग जुध्दै मिडिया अगाडि बढ्नुपर्ने वाध्यता छ । यी तमाम चुनौती सामना गर्दै निश्पक्ष र स्वतन्त्र पत्रकारिताबाट हामी कदापि विचलित हुनेछैनौं । नववर्ष २०७८ को शुभकामना ।
अध्यक्ष/प्रधान सम्पादक
कृष्णप्रसाद बास्तोला
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१