काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ। माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिएका हुन्।
नेपाल कम्युनिस्ट पार्टीको माधव नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिइसकेको अवस्थामा अविश्वास प्रस्ताव पारित हुन नसक्ने देखिएकाले माओवादी केन्द्रले पनि फिर्ता लिएको हो।
तत्कालीन नेकपा हुँदै मुख्यनमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि माओवादी केन्द्र र एमाले ब्युँतिएपछि परिस्थिति बदलियो, माओवादी केन्द्रका संसदीय दलका नेता आङ्बोले भने, पारित नहुने अविश्वास प्रस्तावको राजनीतिक रूपमा अर्थ नहुने भएकाले माओवादी केन्द्रले फिर्ता लिएको हो ।
अविश्वास प्रस्तावमा उल्लेख गरिएका विषय भने आफूहरूले उठाउन नछोड्ने उनले उल्लेख गरे।
तत्कालीन नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरी मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१