पोखरा ।तमुहरुको क्रियाशील २ संस्थाबीच एकता हुने भएको छ । पोखरा–९, नयाँबजारमा कार्यालय रहेको तमु धिं नेपाल र काठमाडौं मित्रनगरमा कार्यालय रहेको तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् एकीकृत हुने बिहीबार सहमति भएको हो ।
तमु धिं नेपालका तर्फबाट अध्यक्ष हुमबहादुर गुरुङ र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का उपमहासचिव मनोज गुरुङको संयोजकत्वमा एकताका लागि वार्ता समिति गठन गरिएको थियो ।
विश्वभरका तमुहरुलाई एकताबद्ध बनाउने लक्ष्यका साथ आगामी २ कार्यकाल एकीकृत संस्थाको नेतृत्व आलोपालो नेतृत्व गर्ने, आवद्ध संस्था समाजहरुको सम्पत्ति स्वायत्त रहने, एकता महाधिवेशनमा आवद्ध क्षेत्रीय समाजहरुबाट प्रतिनिधित्वको सुनिश्चित गर्ने र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिष्द्को चैत्र २७ र २८ गते चितवनमा हुने चौथो राष्ट्रिय महाधिवेशन हाललाई स्थगित गर्न आग्रह गर्ने वार्ता समितिले निर्णय गरेको छ ।
एकतालाई निष्कर्षमा पुर्याउन एकीकृत संस्थाको नाम र झन्डा चैत्र २७ गते पोखरामा हुने अर्को वार्तामा टुंगो लगाउने निर्णय भएको छ ।
तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद र तमु धिं नेपालको एकताले विश्वभरका तमुहरुको एकतावद्धता, शक्ति आर्जन, अधिकार सुनिश्चिता र पहिचान स्थापित गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१