पोखरा । माओवादीबाट अलग्गिएपछि कमजोर बनेको गण्डकी प्रदेश सरकार आगामी संसद बैठकका लागि त्रसित छ । माओवादीको समर्थन फिर्ता हुनेबित्तिकै गुरुङ सरकार केही अप्ठेरोमा पर्छ । ६० सांसद रहेको गण्डकीको सरकार बनाउन कम्तीमा ३१ सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संसदीय दलको नेता रहेको पार्टी नेकपा (एमाले)सँग २७ सांसद छन् । त्यसबाहेक मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङे) गुरुङकै समर्थनमा छन् । जनमोर्चाले सुरु देखि नै सरकारलाई समर्थन गरिरहेको छ । उसँग ३ साँसद छन् । साविक एमालेका सबै सांसदलाई चेप्न सक्यो र जनमोर्चाको समर्थन कायम रहँदासम्म सरकार ढल्ने सम्भावना भने यहाँ छैन ।
त्यसो त माओवादीका मन्त्रीहरु सरकारबाट बाहिरिन तयार देखिएका छैनन् । जसका कारण गुरुङ सरकारलाई भारी मत कायम रहन्छ । अहिले सरकारलाई आफ्नो आयुभन्दा बढी चिन्ता संसद बैठकको छ । बैठकमा समर्थन कायम रहे पनि विषयगत छलफलमा माओवादी सांसद खरो रुपमा प्रस्तुत हुनेछन् । सरकारले ल्याएका विधेयकहरु पास नहुने डर बढेको छ । बैठकमा नियोजित रुपमा माओवादी नआउने र एमालेकै केही सांसद मात्रै अनुपस्थित हुँदा विधेयक फेल हुन्छ । जसले सरकारलाई नैतिक दबाब पर्छ । हिउँदे अधिवेशनसँगै बजेट अधिवेशनको समय पनि धेरै पर छैन । प्रमुख प्रतिपक्षीसहितका दल बजेट र नीति तथा कार्यक्रममा सरकारलाई असफल बनाउने दाउ कुरेका छन् । अहिले गण्डकीमा प्रतिपक्षीको गौंडो अलि बलियो भएको छ । त्यो संकट टार्न सरकार अहिलेदेखि नै सचेत बनेको छ ।
एमालेको संसदीय दलको बैठकले जुनसुकै अवस्थामा पनि सबै सांसदलाई सबै बैठकमा उपस्थित हुन ह्विप जारी गरिएको छ । ‘पहिले सत्तापक्ष निकै बलियो थियो । अलिअलि सांसद नआए पनि त्यसको खासै अर्थ थिएन,’ एक सांसदले भने, ‘समय फेरियो । आफ्ना २ मन्त्री भए पनि माओवादीका सांसद सरकारको विरुद्ध प्रस्तुत हुन्छ । त्यसैले एमालेका सांसदलाई बिरामी भएँ भन्ने छुट पनि छैन । जस्तो परिस्थितिमा पनि बैठकमा उपस्थित हुनुपर्ने ह्विप जारी भएको छ ।’ मंगलबार बसेको बैठकले सरकार र संसदको हालसम्मको कामबारे समीक्षा गरेको छ भने आगामी रणनीतिबारे सामान्य छलफल गरिएको छ । मुख्यमन्त्री गुरुङले आगामी संसद बैठक बढी महत्वपूर्ण हुने भएकोले सबै सांसदलाई चनाखो रहन निर्देशन दिए ।
एमालेले सबै सांसदलाई सबै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको छ
सर्वोच्चको निर्णयसँगै पार्टी फुटेपछि गण्डकी प्रदेशसभामा एमाले र माओवादीको छुट्टटाछुट्टै संसदीय दल बनेको छ । एमाले संसदीय दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै कायम छन् भने उपनेतामा किरण गुरुङ छन् । प्रमुख सचेतक मायानाथ अधिकारीलाई नै निरन्तरता दिइएको छ । सचेतक आगामी बैठकमा छनोट गर्ने सहमति छ । पहिले प्रचण्ड माधव समूहमा लागेका सांसद इन्द्रलाल सापकोटा एमालेकै दलको बैठकमा उपस्थित भए । उनलाई संसदीय समितिको सदस्य पनि बनाइएको छ । सापकोटासहित धनन्जय दवाडी, प्रभा कोइराला, मोहन रेग्मी सदस्य छन् ।
माओवादी बाहिरिने
उता माओवादी केन्द्र पनि आन्तरिक तयारीमा छ । संसदीय दल फुटिसकेको छ । दलको नेता हरिबहादुर चुमानलाई चयन गरिएको छ भने उपनेता रामजी बराल छन् । प्रमुख सचेतकमा गायत्री गुरुङलाई छनोट गरिएको छ । उनी यसअघि नेकपाको संयुक्त दलमा सचेतक थिइन् । उपनेता बराल आगामी संसद बैठकबाटै आफूहरु प्रतिपक्षीको लाइनमा बस्ने बताउँछन् । ‘सिद्धान्ततः सरकारमा रहिरहन सकिएन । अझै टुंगो भइसकेको छैन । तर सदन चल्ने दिनसम्म त्यसको कुरो टुंगिएला,’ उनले भने, ‘२५ गतेसम्म सरकारबाट बाहिरिनुपर्छ । प्रतिपक्षकै रुपमा सदनमा जाने तयारी छ ।’ तर यसबारे संसदीय दलले निर्णय भने गरेको छैन । मन्त्री लेखबहादुर थापा सरकारबाट बाहिर जाने निर्णय नभएकोले अहिले केही नबोल्ने बताउँछन् । ‘माथिबाट निर्देशन आउनुप¥यो । अहिलेसम्म सरकार छोड्नु भनेका छैनन्,’ उनले भने, ‘अब निर्देशन आयो भने बसिरहनु परेन ।’ सैद्धान्तिक रुपमा आफूहरु अलग भइसकेको अर्का सांसद दीपक कोइराला बताउँछन् । सरकारले निर्धारित म्यादको अन्तिम समयमा मात्रै संसद बैठक डाकेको छ । संसद सञ्चालनका लागि पर्याप्त विधेयक भने दर्ता भएको छैन । केही दिन बैठक बसेर अधिवेशन टुंग्याउने आन्तरिक तयारीमा सरकारको छ ।
Related News
सम्बन्धित समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१