लेखनाथ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रकृति र संस्कृति जोडेर पर्यापर्यटन अवधारण अनुसार अगाडि बढ्न आग्रह गरेका छन् ।
लेखनाथमा बिहीबार खास्टे ताल महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमध्येको पनि श्रेष्ठ भएकाले यहाँ रहेका प्राकृतिक स्रोतसाधन संरक्षण गर्दै मानव समृद्धिका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गरी मावनहितमा प्रयोग गर्दै आर्थिक समृद्धिसँग जोनुपर्नेमा जोड दिए ।
पोखरा ताल, हिमाल लगायत विविधतायुक्त प्राकृतिक स्रोतसाधनले सुसज्जित रहेको बताउँदै यहाँको विकासका लागि तीनै तहको सरकारबीच आपसी सहकार्य र समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले लेखनाथ र पोखराका तालहरुको एकीकृत विकासका लागि योजना बनाएर अगाडि बढ्ने योजना रहेको सुनाए । उनले मेला, महोत्सव पर्यटन विकासको पूर्वाधार समेत भएको पनि बताए ।
पूर्व सभामुख तारानाथ रानाभाटले तालको विशेषता अनुसार विकास गराउँदै लैजानु पर्ने सुझाव दिए ।
पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले वर्तमान सरकारले ताल संरक्षणमा जोड दिएको बताउँदै प्रकृतिक र मानवबीचको सम्बन्ध जीवन्त बनाइराख्न यहाँका तालतलैया र अन्य प्राकृतिक स्रोतसाधन नबिग्रने गरी संरक्षण गर्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले प्राकृतिक स्रोत मानव जीवनको अभिन्न अंग भएकाले यी प्राकृतिक वस्तु संरक्षणमा साझा एजेन्डा चाहिने सुझाव दिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अबको १ महिनामा यहाँका तालको मापदण्ड कायम गरी ताल संरक्षणका लागि एकीकृत विकासका योजना ल्याउने बताए ।
गण्डकी प्रदेश विकास समिति सभापति दीपक कोइरालाले ताल संरक्षणका लागि एकीकृत गुरुयोजना बनाउनुपर्ने बताए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले तालतलैयालाई आयआर्जनमा जोड्नुपर्ने बताए ।
खास्टे तथा न्यूरेनीताल संरक्षण समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।
कार्यक्रममा स्वागत उपाध्यक्ष इन्दु लामिछाने र धन्यवाद ज्ञापन प्रचार प्रसार संयोजक ईश्वरराज भण्डारीले गरेका थिए ।
महोत्सव उद्घाटन झाँकी सहित र्याली निस्केको थियो । खरानेफाँट चोकबाट विभिन्न जातजाति, महिला, आमा समूह, टोल विकास संस्था र युवा क्लबको सहभागितामा करिब ७० बढी समूहले आ–आफ्नो संस्कृति झल्किने गरी भेषभूषा प्रस्तुत गरेका थिए ।
चैत्र २२ सम्म चल्ने महोत्सवमा विभिन्न प्रकृतिका १ सय १० स्टल राखिएका छन् ।
महोत्सवमा कलाकारको दैनिक प्रस्तुति हुने सहसंयोजक शिवहरि ढुंगानाले जानकारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१