पोखरा, ३ चैत । नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्यन संस्थान (वन क्याम्पस) को ३४ औं अधिवेशनले ज्ञानेन्द्र रेग्मीको सभापतित्वमा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
संघको उपसभापतिहरुमा आशीष घिमिरे, समीर रावल र पूजा डुम्रे चयन भएका छन् ।
यस्तै, सचिव अस्मिता न्यौपाने, सहसचिव निमेश तिवारी र रोशनी रानाभाट, कोषाध्यक्ष विमला अवस्थी चयन भए ।
सदस्य प्रवेश कुँवर, गोविन्दराज भट्ट, प्रकाश जोशी, अमृता कोइराला, मुवारक खान, व्यञ्जना वाग्ले र विनय शर्मा चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य सरस्वती गुरुङ, पूर्व सभापति सरोज रिजाल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सरोज केसी, नेविसंघ, कास्कीका पूर्व अध्यक्ष विकास थापा लगायतले टीका र अबिर लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा कांग्रेसनेतृ सरस्वती गुरुङले कुनै गुटउपगुट नभनी आफ्नो क्षमता विकास गर्ने काममा लाग्न सुझाव दिइन् । देशको पछिल्लो गतिविधि बुझ्दै त्यसको प्रतिकारका लागि नेवि संघ अगाडि बढ्नुपर्ने धारणा राखिन् । नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिँदै आगामी कार्यक्रममा आफ्नो साथ र सहयोग रहने बताइन् । वन विज्ञान अध्यन संस्थानका विद्यार्थीहरुले ‘हरियो वन, नेपालको धन’ भन्ने भनाइ व्यवहारतः लागु गर्न सक्नुपर्ने गुरुङको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१