बिमा अभिकर्ता संघ लेखनाथमा भीमपाणि

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७७
lic lakhnath

लेखनाथ । एलआसी नेपालमा कार्यरत अभिकर्ताको शुक्रबार लेखनाथमा भएको भेलाले भीमपाणि बराल संयोजक रहेको बिमा अभिकर्ता संघ एलआइसी लेखनाथ गठन गरेको छ ।

बिमा क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको एलआइसी नेपालको शाखा कार्यालय लेखनाथमा स्थापना भएपछिको अवस्था मध्यनजर गरी शाखा समिति गठन गरिएको हो ।

समितिका उपाध्यक्ष प्रतक्षिा रानाभाट, सचिव प्रकाश राइभाट, कोषाध्यक्ष बलबहादुर श्रेष्ठ, सहसचिव सुन्दर शर्मा पौडेल छन् । सदस्यहरु रामजी बराल, धनकुमारी बराइली, सुरक्षा पौडेल भटराई र कुलप्रसाद न्यौपाने छन् ।

यसअघि विमक संघ नेपालका केन्द्रीय सचिव तथा वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले बिमासम्बन्धी चेतना ग्रामीण तहसम्म पु¥याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एलआइसी नेपाल लेखनाथ शाखा कार्यालयका प्रमुख सञ्जीव खनाल, पेसागत बिमा अभिकर्ता संघ कास्कीका पूर्व अध्यक्ष रुकबहादुर गुरुङ, केन्द्रीय सदस्य रेखादेवी पोखरेल, कास्की शाखा अध्यक्ष रामप्रसाद आचार्य लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width