आँधीखोलामा दलित जागरण अभियान

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७७
dalit~aandhikhola

पोखरा । नेपाल दलित संघ जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका–५ कृषिमा दलित समुदायको ‘जिल्लास्तरीय क्षमता विकास एवं जागरण अभियान’ भएको छ । कार्यक्रममा नेपाली कांग्रेसमा आबद्ध दलित नेताहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा संविधान सभा सदस्य राजु थापाले नेपाली कांग्रेसले विपीकै समयदेखि दलितको सम्मान र संरक्षण गरेको धारणा राखे । आफूहरुले संविधान बनाउने बेलामा दलितको हक अधिकारको सुनिश्चितताका लागि संघर्ष गरेको उनले बताए । उनले भने, ‘सीप र प्रतिभाका धनी दलितहरुमाथिको कुनै पनि प्रकारको दमन र विभेद आफूहरुलाई स्वीकार्य नहुने भएकाले दलित दमनका विरुद्ध लोकतान्त्रिक शक्तिहरु प्रतिरोधमा उत्रनु आवश्यक छ ।’

क्षेत्रीय सभापति तुलसी रेग्मीले दलितहरुले सबैलाई श्रम गरेर जिउने प्रेरणा दिएकाले उनीहरुप्रति समाजले आदर र सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । तरुण दलका क्षेत्रीय सभापति कुमबहादुर गुरुङले जो सीप र पेसामा सक्षम छ, त्यही वर्ग समाजमा पछि पारिनु दुर्भाग्यपूर्ण भएको भन्दै समाजमा हुने विभेदका विरुद्ध तरुणहरू प्रतिरोधमा उत्रिनु आवश्यक रहेको विचार व्यक्त गरे ।

कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेम पौडेलले संविधानमा दलितका हक र अधिकार सुनिश्चित भए पनि सामाजिक सोचका क्षेत्रमा तिनको सफलतापूर्वक कार्यान्वयन गर्नका लागि परम्परागत सोचमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे । दलित संघका केन्द्रीय प्रतिनिधि सुजन गहतराजले दलितहरू आज पनि विभेद र शोषणको शिकार भइरहेकाले यसका विरुद्ध सबै मिलेर लड्नुपर्ने धारणा राखे ।

नेपाल दलित संघका जिल्ला सदस्य सुवास गहतराजद्वारा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व दलित संघका जिल्ला सचिव लिलबहादुर खापालले गरेका थिए । भने कार्यक्रममा स्वागत मन्तव्य दलित संघका जिल्ला सदस्य भीमबहादुर बिकले गरेका थिए । दलित संघको कार्यक्रम समापनपछि स्थानीय ‘शिवजी खोला युवा क्लब’ आँधीखोला–५, रंगुवाद्वारा आयोजित टोलस्तरीय भलिबल प्रतियोगिताको संविधानसभा सदस्य राजु थापाले उद्घाटन गरेका थिए । स्थानीय युवाहरूलाई खेल क्षेत्रको माध्यमबाट अनुशासित र कर्तव्यपरायण बनाउनका लागि सो खेलको आयोजना गरिएको आयोजकहरुको भनाइ छ ।

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता राजु थापा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति तुलसी रेग्मी, तरुण दलका क्षेत्रीय सभापति कुमबहादुर गुरुङ, आँधीखोला गाउँपालिकाका कांग्रेस नेता प्रदीप पौडेल, आँधीखोला गाउँपालिकाका सभापति नारायणप्रसाद पौडेल, नेपाली कांग्रेस केन्द्रीय जनसम्पर्क समितिका सदस्य जगदीश पौडेल, क्षेत्रीय कोषाध्यक्ष थमन बोगटी, तरुण दलका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर गुरुङ, दलित संघका केन्द्रीय प्रतिनिधि सुजन गहतराज, लोकतान्त्रिक बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य बद्री पौडेल, लेखक तथा पत्रकार युवराज पौडेल, कांग्रेस नेता गोपाल ढकाल, मीना दर्जी, डिलबहादुर बिक, दीपेन्द्र खड्का, वसन्त कुमार बिक, डल्ले सार्की, श्रीराम उपाध्याय आदिको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

    रासस माघ २५, २०८१
    गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती…
  • ज्येष्ठ नागरिक समाजबाट सम्मान

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा ।पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज, नेपालले ज्येष्ठ नागरिक क्षेत्रमा कलम चलाउने पत्रकार, सासूससुराको राम्रो सेवा गर्ने ‘असल बुहारी’,…
  • प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस अवसरमा कास्की शाखाले मंगलबार प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्रप्रसाद पौडेललाई पुरस्कृत…
  • सल्युट गोर्खाको रक्तदान

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । सल्युट गोर्खा ट्रेनिङ सेन्टर, चाउथेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थाको १६…
  • लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले नवौं स्थापना दिवस अवसरमा आयोजना गरेको पात बजाउने प्रतियोगितामा महिलाले तहल्का मच्चाएका छन्…

hero news full width